काँकडभिट्टा (झापा), १९ जेठ –
जिल्ला पशुसेवा कार्यालयले युवालक्षित कार्यक्रमअन्तर्गत चालु आवको जेठसम्ममा अनुदानको रु ३८ लाख वितरण गरेको छ ।
युवालक्षित विशेष उत्पादन कार्यक्रम डेरीतर्फ साना, मझौला र ठूला फार्मअन्तर्गत गरी १६ किसानीले सो अनुदान प्राप्त गरेका हुन् । अनुदान प्राप्त गर्नेमा साना फार्मअन्तर्गत आठदेखि १० वटासम्म गाईपालन गर्ने आठ किसानलाई रु १६ लाख, मझौला फार्मअन्तर्गत १५ देखि २० वटासम्म गाई तथा भैँसीपालन गर्ने तीन जना किसानलाई रु नौ लाख, ३० देखि माथि गाईभैँसीपालन गर्ने अभियान कृषि तथा पशुपालन केन्द्र बाहुनडाँगीलाई रु चार लाख वितरण गरेको कार्यालयका वरिष्ठ पशु चिकित्सक कुमारसिंह साहले बताउनुभयो ।
गोठ तथा खोर निर्माण सुधार कार्यक्रमअन्तर्गत तीन जना किसानलाई रु छ लाख र जैविक सुरक्षा तथा असल पशुपालन पद्धतिसहितको मोडेल फार्म लागत सहभागितामा रु तीन लाख प्रदान गरिएको छ । कार्यालयले घाँस अभियानअन्तर्गत रु पाँच लाख अनुदान वितरण गरेको छ ।
पशु विकास सेवाअन्तर्गत युवालक्षित कार्यक्रम कार्यान्वयन कार्यविधिअनुसार गठित मूल्याङ्कन समितिको मूल्याङ्कनको आधारमा सो रकम वितरण गरेको वरिष्ठ चिकित्सक साहले बताउनुभयो । रासस
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution