काठमाडौँ, १९ जेठ –
सरकारले हालसम्म भूकम्पपीडित आठ हजार १७७ बालबालिकालाई राहत सहयोग वितरण गरेको छ ।
चालु आवको आठ महिनामा भूकम्पबाट प्रभावित १४ जिल्लाका छहजार ३७५ बालबालिकालाई रू पाँच हजारको दरले र एक हजार ८०२ जनालाई रू चार हजारको दरले राहत वितरण गरिएको हो । भूकम्पबाट प्रभावित बालबालिकाको सङ्ख्या करिब ४० हजार ३६ रहेको आव २०७२-७३ को आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको छ ।
सरकारले चालु आवको आठ महिनासम्म काठमाडौँ उपत्यकाका २०० जना सडक बालबालिकाको उद्धार, संरक्षण र व्यवस्थापन गर्न ‘सडक बालबालिका उद्धार, संरक्षण तथा व्यवस्थापन मार्गदर्शन’ लागू गरी सम्बन्धित सरकारी तथा गैरसरकारी संस्थाको सहकार्यमा अगाडि बढाउन दश संस्था छनोट समेत गरेको छ ।
त्यसैगरी केन्द्रिय बालकल्याण समितिका अनुसार बेवारिसे र हेरचाह तथा संरक्षणको आवश्कता भएका बालबालिकाको निम्ति हालसम्म ४४ जिल्लामा सञ्चालनमा रहेका ५७७ बालगृहमा रहेका सात हजार ९८९ बालिका र आठ हजार ४११ बालक संरक्षित रहेका छन् । कूल १९७ बालक र १३९ बालिकालाई परिवारमा पुनर्मिलन गारइएको छ भने ७७ बालबालिकालाई यस अवधिमा बालगृहमा राखिएको छ ।
यस्तै सरकारले बालबालिकाको अर्थपूर्ण सहभागिता सुनिश्चितताका लागि देशभरी २२ हजार ४५७ बाल क्लब गठन गरी सञ्चालनमा सहजीकरण गरेको छ । ती बाल क्लबमा चार लाख ३१ हजार ९६० सक्रिय रूपमा आबद्ध छन् । चालु आवमा बाल हेल्प लाइन नं। १०९८ को सहायताबाट हालसम्म जोखिमपूर्ण अवस्थामा रहेका एक हजार २४१ बालकालिकाको आपतकालीन उद्धार गरी राहत उपलब्ध गराइको सर्वेक्षणमा उल्लेख छ । रासस
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution