|प्रतिकात्मक तस्बिर
पोखरा, १९ जेठ –
कास्कीमा राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम लागु गरिने भएको छ ।
जिल्ला शिक्षा कार्यालय कास्कीले बुधवार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी कास्कीका ४ सय ७ विद्यालयहरुमा पूर्व प्राथमिक विद्यालयका बालबालिकाहरुलाई लक्षित गरी उक्त कार्यक्रम सञ्चालन गरिने जनाएको हो ।
कार्यक्रम अन्र्तगत शिक्षकहरुलाई तालिम प्रदान गरिने, विद्यालयलाई थप पाठयपुस्तक र सन्र्दभ सामाग्री विद्यालयलाई वितरण गरिने, बालबालिकालाई पठन सिपको विकाश गरी शैक्षिक गुणस्तरमा वृद्धि गरिने लगायतका रहेका छन् । कार्यक्रममा कास्कीका जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले विद्यार्थीहरुको पछिल्लो उपलब्धि राम्रो गर्नका लागी शुरुवाती जग राम्रो हुनुपर्ने र त्यसै लाई मध्यनजर गर्दै प्रारम्भिक पढाई कार्यक्रम शुरु गर्न लागिएको बताउनुभयो ।
त्यस्तै कार्यक्रमका फोकल पर्सन तथा उप जिल्ला शिक्षा अधिकारी दिपेन्द्र ढकालले शैक्षिक प्रणाली केन्द्रदेखि गाँउ स्तर सम्म प्रभावकारी हुन नसकेको भन्दै पाठयक्रमहरु पनि बालबालिकाको रुचि अनुसार हुनुपर्ने बताउनुभयो । ढकालले ज्ञानलाई व्यावहारमा रुपान्तरण गर्न यो कार्यक्रमले ठुलो भुमिका खेल्ने बताउनुभयो ।
कार्यक्रमका कोअर्डिनेटर कृष्ण खतिवडाले यो अभियान अन्र्तगत शिक्षकहरुलाई नयाँ पद्धतिबाट बालबालिकालाई शिक्षण विधि सिकाउन प्ररित गरिने र बालबालिकहरुमा सैदान्तिक भन्दा व्यावहारिक ज्ञानलाई वढी प्राथमिकता दिइने बताउनुभयो ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution