आगलागीबाट साढे चार सय हेक्टर वनक्षेत्र सखाप

फलेवास (पर्वत), १९ जेठ –

चालु आर्थिक वर्षमा पर्वत जिल्लाका विभिन्न स्थानमा रहेका ५१ वटा वनमा आगलागी भएको छ ।

ATV NEPAL
Paragliding Pokhara
Pokhara Bungy

लामो समयको खडेरी र मानवीय लापर्बाहीका कारण दैनिकजसो भएको आगलागीका कारण जिल्लाका ५१ वटा वन जलेर नष्ट भएका हुन् । जलेर नष्ट हुनेमा सामुदायिक वन ४९ र दुई राष्ट्रिय वन गरी ५१ वन रहेको जिल्ला वन कार्यालय पर्वतले जानकारी दिएको छ ।

गत फागुन, चैत र वैशाख महिनामा भएको दैनिक आगलागीका कारण जिल्लाका ३६० सामुदायिक वनमध्ये ५१ वनमा आगलागी भएको थियो । जिल्लामा फागुन २८ देखि विभिन्न सामुदायिक वनमा वैशाख २० गतेसम्म आगलागी भएको थियो । जिल्ला वन कार्यालय पर्वतको तथ्याङ्कअनुसार आगलागीका कारण जिल्लाको वन क्षेत्रको ४४३ हेक्टर जमिन रित्तिएको छ ।

कार्यालयका अनुसार बिहान दिउँसो र बेलुका तथा रातको समयमा गरी चौबीसै घन्टा आगलागी भएको हो । कार्यालयका वन अधिकृत हरिबहादुर थापाका अनुसार सबैजसो वनमा सुरक्षा निकायको साथ लिएर आगो नियन्त्रण गराउने काम भए पनि नियन्त्रण बाहिर रहेकाले सबै ठाउँमा जोगाउन नसकिएको हो । वनको सुरक्षाका लागि सरकारले वन रक्षकको व्यवस्था गरिसकेको भए पनि सबै आगलागीमा सुरक्षा निकायको परिचालन गरिएको थियो । थापाले सबै गाविसमा वन डढेलो सञ्जाल गठन भएको भए पनि जनचेतनाको अभावका कारण मानवीय लापर्बाहीका कारण आगलागी बढी भएको बताउनुभयो ।

कार्यालयका अनुसार जिल्लाको धाइरिङ, खुर्कोट, पाङ, शिवालय, तिलाहार, पक भुकताङले, शङ्करपोखरी, पाङ्राङ, फलामखानी, बाँसखर्क, हुवास, लेकफाँट, आर्थर, उरामपोखरा, नागलीवाङ, भोकसीङ, बनौ, राम्जा, सरौखोला ठूलीपोखरी लिमीठाना, क्याङ थापाथाना, भोर्ले र पन्चासे राष्ट्रिय वन गरी ३० गाविसमा रहेका वनमा आगलागी भएको थियो ।

कार्यालय प्रमुख कृष्णप्रसाद ढकालले दिएको जानकारीअनुसार आगलागीका कारण एक लाख ३२ हजार ८७६ रुख जलेर नष्ट भएका छन् । आगो निभाउने क्रममा राम्जा गाविस–४ का रवीन गुरुङ गम्भीर घाइते हुनुभएको थियो । उहाँको मणिपाल अस्पताल पोखरामा उपचार भइरहेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button