काठमाडौँ, १९ जेठ –
नेकपा(एमाले)का नेता सुवास नेम्वाङले संविधान निर्माण गर्न एकजुट भएका राजनीतिक दल संविधानको कार्यान्वयन गर्न पनि एकजुट हुनुपर्ने बताउनुभएको छ । मानव अधिकार तथा शान्ति समाजको २०औँ वार्षिकोत्सवका अवसरमा उहाँले संविधान कार्यान्वयन गर्न दलका लागि प्रमुख चुनौती रहेको चर्चा गर्नुभयो ।
समाजका संस्थापक अध्यक्ष कृष्ण पहाडीले संविधान जारी भए पनि जनताले अपेक्षा गरेको कुरा अझै प्राप्त नभएको धारणा राख्नुभयो । पूर्वउपप्रधानमन्त्री अमिक शेरचनले नयाँ राजनीतिक परिवेशमा जनताले चाहेको परिवर्तनको अनुभूति हुन नसकेको औँल्याउँदै यसतर्फ सबैको ध्यान जानुपर्ने बताउनुभयो ।
समाजका निवर्तमान अध्यक्ष होमकान्त चौलागाईं, सभासद् लालबाबु यादव, वरिष्ठ अधिवक्ता शम्भु थापा, समाजका केन्द्रीय सदस्य कृष्ण कँडेललगायतका वक्ताले नेपालको मानवाधिकारको स्थिति, संविधान कार्यान्वयन तथा जनउत्तरदायी सरकारको दायित्वबारेमा प्रकाश पार्नु भएको थियो । रासस
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution