काठमाडौँ, २० जेठ –
ग्रान्डी अन्तराष्ट्रिय अस्पतालले यस जेठ र असार महिनाभर महिला स्वास्थ्य विशेष ‘ल्याप्रोस्कोपिक सर्जरी प्याकेज’ सञ्चालनमा ल्याएको छ ।
ल्याप्रोस्कोपिक सर्जरी पेटमा चिरा नपारी सानो प्वाल मात्र बनाई दूरबिन जडित उपकरण भित्र पठाई गरिने शल्यक्रिया हो । यस प्रविधिबाट पाठेघर निकाल्ने हिस्टेरेक्टोमी, पाठेघरको ट्युमर निकाल्ने मायोमेक्टोमी, अण्डाशयको गोला निकाल्ने सिस्टेक्टोमी तथा पाठेघरको क्यान्सरका लागि गरिने शल्यक्रिया रेडिकल हिस्टेरेक्टोमीसमेत गर्न सकिने अस्पतालका वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ प्रा डा पदमराज पन्तले बताउनुभयो ।
उहाँले पछिल्ला दिनमा पेटमा प्वाल नबनाई पाठेघरको मुखबाट दूरबिन भित्र पठाई पाठेघरभित्र गर्भ बस्ने ठाउँबाट मासु निकाल्ने हिस्टेरेस्कोपी शल्यक्रिया नेपालमा पनि सम्भव हुँदै गएको जानकारी दिनुभयो । अस्पतालले हालसम्म पाठेघर निकाल्ने ल्याप्रोस्कोपिक हिस्टेरेक्टोमी, पाठेघरको गोला निकाल्ने मायोमेक्टोमी, अण्डाशयका गोला निकाल्ने ल्याप्रोस्कोपिक सिस्टेस्टोमी, बन्द भएका तथा बाँधिएका डिम्ब वाहिनी नली जोड्ने ट्युब रिक्यानलाइजेसन, पाठेघरको क्यान्सरका लागि गरिने शल्यक्रिया रेडिकल हिस्टेरेक्टोमी तथा पाठेघर भित्रबाट ट्युमर निकाल्ने हिस्टेरोस्कोपिक मायोमेक्टोमी लगायतका शल्यक्रिया दूरबिनको माध्यमबाट नेपालमा नै गर्दै आइरहेको अस्पतालका सञ्चार अधिकृत विनोद अधिकारीले जानकारी दिनुभयो ।
प्याकेजअन्तर्गत जेठ र असारभरि ग्रान्डी अस्पतालमा गरिने गाइनेकोलोजी ल्याप्रोस्कोपिक सर्जरीमा विशेष छुटको व्यवस्था पनि गरिएको छ । रासस
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution