भक्तपुर, २० जेठ –
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे सरकार परिवर्तनको कुरा अहिले जनताले सुन्न पनि नचाहेको बताउनुभएको छ ।
बिजुक्छेले आज आफ्नै निवास भक्तपुरको कमलबिनायकमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष बिजुक्छेले सरकार बदल्ने खेलमा अहिले लाग्ने बेला नभएको धारणा राख्नु भयो । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार ढले फेरि प्रधानमन्त्री पदका लागि खिचातानी सुरु हुने बताउँदै उहाँले यसले विदेशी चलखेल बढ्ने बताउनु भयो । उहाँले प्रधानमन्त्री ओलीको नेतृत्वकै सरकारमा नेपाली काँग्रेस र मधेसवादी दलसमेत सहभागी भएर अहिलेको सरकारलाई बलियो बनाएर लैजानुपर्छ भन्नुभयो ।
अध्यक्ष बिजुक्छेले छिटोछिटो सरकार परिवर्तनको खेलले जनतामा राजनीतिप्रति नै वितृष्णा जाग्ने बताउँदै सरकार परिवर्तनका लागि भारतका दूतहरुको चलखेल सुरु भएको दाबी गर्नुभयो ।
बिजुक्छेले स्थानीय निकायको निर्वाचन तोकेको मितिमा सम्पन्न गर्न सरकारले संसद्बाट यससम्बन्धी विधेयक छिटो पारित गर्नुपर्ने बताउनुभयो । रासस
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution