सडक सुरक्षापूर्ण ताजगी तालिम सम्पन्न

  • पोखरा न्यूज
  • २०७३ जेष्ठ २०
Post Thumbnail

पोखरा, २० जेठ –

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्कीको आयोजना उपशाखा १०।११ को व्यवस्थापन र बेल्जीयम रेडक्रसको सहयोगमा सडक सुरक्षा तथा प्राथमिक उपचार पूर्ण ताजगी तालिम एक समारोहबीच कान्तिपुर पार्टी प्यालेस बुद्धचोक पोखरा १० मा सम्पन्न गरयो ।

पुर्नताजगी तालिममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्कीका मन्त्री एवम् प्रमुख अतिथि कृष्ण प्रसाद तिमिल्सिनाले हेनरी ड्यूनाको तस्वीरमा माल्यार्पण गरी कार्यक्रमको उद्घाटन गर्नुहुँदै रेडक्रसले अरु केही दिन नसके पनि मानवताको जीवन बचाउन अग्रसर हुने र क्षमतावान बनाउने बताउनुहुँदै भारत जस्तो देशमा रगत परीक्षा नगर्दा लाखौंको संख्यामा एचआइभी एड्स लगायत विभिन्न रोग लागेको अवस्थामा नेपालमा रेडक्रसले विभिन्न माध्यमबाट उक्त परीक्षण गरी त्यस्ता रोग लाग्न र सर्नबाट बचाउन समेत रेडक्रस सफल भएको र ५ जना व्यक्तिले स्थापना गरेको यो कार्यक्रम आज रेडक्रस नामले विश्वका सबै मुलुकमा रहेको बताउनुभयो ।

red cross 2

उक्त सडक सुरक्षा पूर्नताजगी तालिममा उपशाखा १०।११ लाई अझ सशक्त बनाउन फस्टएडका सामन समेत हस्तान्तरण गरिएको उक्त १ दिने प्रशिक्षणमा रामबजार सोसाइटी युकेका संस्थापक अध्यक्ष राम बहादुर गुरुङ, सडक सुरक्षा तथा प्राथमिक उपचार महाशाखाका कार्यक्रम अधिकृत टिकाराज पौडेल लगायतका वक्ताहरुले आ–आफ्नो विचार राख्नुहुँदै रेडक्रसले घरबार विहिन भएका परिवारलाई खान, बस्न र त्रिपालको व्यवस्थापन गरी स्वास्थ्यउपचारमा सकृय रहेकोमा विश्वमा एक वर्षमा एकलाखभन्दा बढी मानिसको सडक दुर्घटनाबाट मृत्यु हुने र नेपालमा दैनिक ५ जनाको ज्यान जाने ३० जनाभन्दा बढीको अंगभंग हुने हुने जानकारी दिनुहुँदै यस्ता तालिमले सडक दुर्घटना कम गराउन मद्दत गर्ने बताउनुभयो ।

उक्त सडक सुरक्षा तालिमको मुख्य प्रशिक्षकमा रेडक्रस कास्कीका मन्त्री कृष्ण तिमिल्सिना, प्रशासन अधिकृत मोहन सिंह खड्का, कार्यक्रम व्यवस्थापन प्रशासक शुक्रराज सुवेदी, सडक सुरक्षा कार्यक्रम अधिकृत प्रतिभा सापकोटा, नवराज भण्डारी, सुवास सापकोटा लगायतका व्यक्तिहरुले दिइएको १ दिने प्रशिक्षणमा दक्ष प्रशिक्षार्थी उत्पादन गरी सडक दुर्घटना कमी गराई चालक, बालबालिका, सवारीसाधन र पैदल यात्रीलाई अचानक दुर्घटना हुँदा छिटो भन्दा छिटो अस्पतालसम्म पु¥याउन र त्यसभन्दा पहिले दुर्घटनास्थलमै प्राथमिक उपचार गर्न सक्षम बनाउनु तालिमको आवश्यक रहेको बताउनुहुँदै पुर्नताजगी तालिमको मुख्य उद्देश्य रहेको बताउनुभयो ।

उक्त सडक सुरक्षा तथा प्राथमिक उपचार पुनर्ताजगी तालिममा उपशाखा १०, ११, उपशाखा १२, १३ र उपशाखा १४ का गरी २० जनाको सहभागिता रहेको उक्त तालिममा सहभागीको तर्फबाट उपशाखा १४ का सचिव पदम कार्की र उपशाखा १०, ११ का शान्ति सुवेदीले सिकेका कुरा व्यवहारमा लागू गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । रेडक्रसका सात सिद्धान्त वाचन संस्थाका सहसचिव कलावती शर्मा र स्वागत संस्थका सहकोषाध्यक्ष जीवन श्रेष्ठले गर्नुभएको उक्त कार्यक्रम उपशाखा १०, ११ का सभापति सम्मर बहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपशाखा १०, ११ ले प्रत्येक हप्ताको शुक्रबारको दिन अमरसिंहचोकमा बेलुकी ५ देखि ६ बजेसम्म जेब्राक्रसिङ सम्बन्धी पैदल यात्रीहरुलाई बाटो काट्न सिकाउने कार्य गर्दैआइरहेको जानकारी गराइएको उक्त कार्यक्रम उपशाखा १०, ११ का सचिव सूर्य बहादुर बानियाले संचालन गर्नुभएको थियो ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस