स्वास्थ्यकर्मीको उपचारमा छुट माग

  • पोखरा न्यूज
  • २०७३ जेष्ठ २०
स्वास्थ्यकर्मीको उपचारमा छुट माग

काठमाडौँ, २० जेठ –

नेपाल चिकित्सक सङ्घले स्वास्थ्य संस्थामा कार्यरत सम्पूर्ण स्वास्थ्यकर्मीको उपचारमा ९० प्रतिशत छुट दिन सरकारसँग माग गरेको छ ।

सङ्घका महासचिव डा मुक्तिराम श्रेष्ठद्वारा आज जारी विज्ञप्तिमा गाडी खरिदमा अधिकतम भन्सार छुट दिएर चिकित्सकको विदेश पलायनलाई रोक्न पनि सरकारसँग आग्रह गरिएको छ । उहाँले भन्नुभयो, “विदेश पलायन भइरहेका चिकित्सकलाई निरुत्साहन गर्न नेपालमा सात वर्षदेखि काम गरेका चिकित्सकलाई प्रोत्साहनस्वरुप सवारी साधन खरिदमा अधिकतम भन्सार छुटको व्यवस्था गर्नुपर्छ ।”

सङ्घले निजी वा सरकारी स्वास्थ्य संस्था र शिक्षण संस्थामा कार्यरत चिकित्सकलाई परीक्षणकाल पूरा गरेपछि जागिरको सुनिश्चितताको माग गरेको छ । त्यस्तै निजी अस्पतालले ७० प्रतिशत नेपाली जनतालाई स्वास्थ्य सेवा पुरयाएको भन्दै तिनलाई सामान खरिदमा अधिकतम भन्सार छुटको व्यवस्था गर्न समेत माग गरिएको छ ।

सङ्घले सरकारसमक्ष ११ बुँदे माग राख्दै चिकित्सक वा स्वास्थ्यकर्मीमध्येबाट सचिव हुनुपर्ने पुरानो माग पनि दोहोरयाएको छ । रासस



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस