लुम्बिनी (रुपन्देही), २१ जेठ –
१६ वर्ष मुनिका बालबालिकालाई विभिन्न प्रलोभनमा पारी भारत लैजाँदै गरेको अवस्थामा रुपन्देही प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।
चितवन जिल्लाका सात र गोरखा जिल्लाका दुई गरी नौ जना बालबालिका भारततर्फ लैजान लागेको अवस्थामा रुपन्देही प्रहरीको गस्ती टोलीले भैरहवास्थित बसपार्कबाट विहिबार एक अभियुक्त र नौ जना बालबालिकालाई नियन्त्रणमा लिएको थियो ।
भारतमा रोजगारी गर्दै आइरहेका गोर्खा जिल्ला मनकामना–३ बस्ने ३८ वर्षीय दिलबहादुर विकलाई नियन्त्रणमा लिई अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता रामेश्वर कार्कीले जानकारी दिनुभयो ।
प्रहरीले घटनामा संलग्न विकलाई बालबालिकालाई बेचबिखन गर्नका लागि भारत लैजान लागेको आशङ्कामा नियन्त्रणमा लिएको र विकलाई मानव बेचबिखन बिरुद्धको मुद्दा चलाइएको उहाँले जानकारी दिनुभयो । भारत जानबाट बचेका नौ जना बालबालिकालाई प्रहरीले आफन्तको जिम्मा लगाएको जनाएको छ । रासस
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution