एम्बुलेन्स पल्टिँदा पाँच जना घाइते

  • पोखरा न्यूज
  • २०७३ जेष्ठ २१
एम्बुलेन्स पल्टिँदा पाँच जना घाइते

लहान, २१ जेठ –

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको लहानमा आज बिहान एक एम्बुलेन्स दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको रौताहा सामाजिक सेवा समिति उदयपुरको स२च ४९६ नंको एम्बुलेन्स लहान नगरपालिका–३ स्थित राजमार्गमा अनियन्त्रित भई पल्टिएर दुर्घटना भएको हो ।

दुर्घटनमा परी उदयपुरको रौताहा–९ निवासी ४३ वर्षीय भरतराज तामाङ, सोही ठाउँका १९ वर्षीय सुभाष तामाङ, १८ वर्षीया शोभा तामाङ, १५ वर्षीय रामबहादुर श्रेष्ठ र उदयपुर चिलाउने–४ निवासी १९ वर्षीय उमेश लामा घाइते भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।

घाइते सबैलाई उपचारका लागि लहानस्थित सप्तऋषि हस्पिटल लगिएको प्रहरीले जनाएको छ । एम्बुलेन्स इलाका प्रहरी कार्यालय लहानमा रहेको छ भने चालक फरार भएकाले खोजी भइरहेको जनाएको छ । रासस



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस