इलाम, २१ जेठ –
जिल्लाको उत्तरी क्षेत्रमा पाइने बहुगुणयुक्त गुरास मासिने क्रम बढ्दै गएको छ ।
प्राकृतिक, सांस्कृतिक जैविकलगायत विविध दृष्टिले महत्वपूर्ण मानिएको गुरास संरक्षणको अभावनमा मासिने क्रममा छ । खुला चरिचरन, खुल्ला सीमा, चेतना अभाव, अव्यवस्थित विकास निर्माण, दाउराका रूपमा प्रयोग गरिनु आदिले गुरास सङ्कटमा परेको सरोकारवाला बताउँछन् ।
जिल्लाका अधिकांश लेकाली क्षेत्रमा गुरास पाइने भए पनि ती क्षेत्रमा पाइने गुरा“सको सङ्ख्या र प्रजातिको अहिलेसम्म यकिन हुन सकेको छैन । “गुरास विनाश हुनुका कारण पहिल्याई उचित संक्षणका लागि ठोस नीतिको आवश्यकता देखिएको छ”, उच्च पहाडी जडीबुटी उत्पादक तथा संरक्षण संस्थाका अध्यक्ष दीपक लुङ्गेलीले भन्नुभयो – “वन मन्त्रालय र विभागबाट नै यसको उचित संरक्षणका लागि ठोस नीति आवश्यक छ ।” यहाँको मावु, माइमझुवा, जमुना, माईपोखरी, पुवामझुवा, प्याङ, जोगमाईलगायतका गाविसका सामुदायिक तथा निजी वनमा गुरास पाइन्छ । ती क्षेत्रमा रहेका पशु गोठमा दाउरासगै गोठलगायतका संरचना निर्माणका लागि गुरास फडानी हुने गरेको छ ।
खुल्ला चरिचरनलाई बन्द गर्दै अनावश्यक फँडानी रोक्न गोठपालकलाई नै सचेत बनाउनुपर्ने आवश्यकता देखिएको मावुका डुलबहादुर गुरुङले बताउनुभयो । पशुपतिनगरदेखि मानेभञ्ज्याङ हुदै सन्दकपुरसम्मको क्षेत्रमा सीमापारि संरक्षित क्षेत्र भएकाले भारतीय सीमा सुरक्षा बल (एसएसबी) र त्यहाका दुई दर्जन होटलले दाउरा र निर्माणका लागि गुरासको प्रयोग धेरै गर्ने गरेका छन् । “सीमापारि सिंहलीला नेसनल पार्कले प्रवेश नदिने भएपछि नेपालतर्फका गुरा“सलगायत वनमा प्रभाव पर्ने गरेको हो” – गुरुङले भन्नुभयो ।
जिल्ला वन कार्यालयले एक स्थानमा समूह निर्माण गरेर संरक्षण थालनी गरे पनि अन्यत्र ठोस कार्यक्रम भएको छैन । चमैताको कहरे सामुदायिक वनमा समूहमार्फत कार्यालयले गुराँस संरक्षण थालेको छ । “गुरास धेरै पाइने स्थानको पहिचान गरी ठोस कार्यक्रम ल्याइने सोच भए पनि आवश्यकताअनुसार काम हुन सकेको छैन् – सहायक वन अधिकृत सुनिलकुमार सिंहले भन्नुभयो ।
वन तथा भू–संरक्षण मन्त्रालयमार्फत गुरास संरक्षणका लागि कार्ययोजना निर्माणको तयारी थालेको समेत उहाँको भनाइ छ । प्राकृतिक अवस्थामा गुरा“सको एक हजार प्रजाति रहे पनि विश्वमा ३२ प्रजातिका लालीगुरा“स रहेको तथ्याङ्क छ । यो प्रजाति एक हजार चार सय मिटरदेखि तीन हजार छ सय मिटरसम्मको उचाइमा पाइन्छ ।
तीनजुरे मिल्के क्षेत्रमा २८ प्रजातिका गुरा“स पाइन्छन् । जिल्लामा पाइने प्रजातिका बारे कुनै अध्ययन हुन नसकेको जिल्ला वनस्पति कार्यालय इलामले जनाएको छ । रासस
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution