पोखरा, २१ जेठ –
शुक्रबार पोखरामा भएको खेलकुद पत्रकार मन्च कास्कीको विशेष अधिबेशनबाट केशव पाठकको नेतृत्वमा आगामी ३ बर्षको लागि ११ सदस्यीय नयाँ कार्य समिति चयन भएको छ । कार्यबाहक अध्यक्ष समेत रहेका अध्यक्ष पदका प्रत्याशि शन्देश श्रेष्ठलाई १ मतले पराजित गर्दै सस्थाका सस्थापक सचिब केशव पाठक अध्यक्षमा निर्वाचित भएका हुन् । शुक्रबार भएको मतदानमा पाठकले १८ मत ल्याएका थिए भने श्रेष्ठले १७ मत ल्याएका थिए ।
समितिका अन्य पदहरुमा सर्वसम्मत भएता पनि अध्यक्ष र सचिब पदका लागि मतदान भएको थियो । समितिको सचिवमा भने रञ्जन अधिकारी विजयी भएका छन् । सचिब पदका अन्य दुइ प्रत्याशिमा रोहित राज पराजुली र मन क्षेत्री रहेका थिए ।
उपाध्यक्षमा दिननाथ बराल, कोषाध्यक्षमा विजय नेपाल, सहसचिवमा अर्जुन गिरी निर्बिरोध चयन भएका छन् भने अन्य ६ जना सदस्यहरु समेत सर्वसम्मत चयन भएका छन् । सर्वसम्मत सदस्यहरुमा उमेश पुन, सुरज श्रेष्ठ, लक्ष्मि जिसी, नारायण शाही,गिता राना, सुरेन कुमार सुशिलरहेका छन् ।
मञ्चका अध्यक्ष प्रेमनारायण न्यौपानेको राजीनामापछि ६ महिनाभित्रमा अधिवेशन गरी नयाँ कार्यसमिति निर्वाचित गर्नुपर्ने भएकाले शुक्रबार विशेष अधिवेशन भएको हो । नयाँ नेतृत्वका चयनका लागि निर्वाचन सम्पन्न गर्न मंचका केन्द्रीय अध्यक्ष महेश आचार्यको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन मण्डल गठन भएको थियो । सदस्यमा पत्रकार महासंघ केन्द्रीय सदस्य एवं अधिवक्ता सुष्मा पौडेल र जिल्ला खेलकुद विकास समिति कास्कीका कार्यालय प्रमुख प्रकाश बराल रहेका थिए । मञ्चले यही जेठ १ मा पोखरामै पहिलो पटक आयोजना गरेको स्पोर्टस् अवार्ड–२०७२ ऐतिहासिक रुपमा सम्पन्न गरेको थियो ।
यसअघि मञ्चका केन्द्रीय अध्यक्ष महेश आचार्यले कार्यक्रमको उद्घाटन गर्दै खेलकुद पत्रकारहरु मर्यादित रहनुपर्ने र राजनीतिक दलहरुको कुनै प्रभाव नहुने गरी एक जुट हुनु पर्नेमा जोड दिए । मञ्चका नेपालमा ९ वटा समन्वय शाखा मध्ये पोखरामा भएको स्पोटर्स अवार्ड अन्य क्षेत्र भन्दा उत्कृष्ट भएको दाबी गरे । अवार्ड समारोहलाई लाई निरन्तरता दिनु पर्नेमा उनको जोड थियो । मञ्चमा कुनै राजनीति भए केन्द्रले हस्तक्षेप गर्ने उनले चेतावनी दिए ।
उद्घाटन सत्रमा नेपाल ओलम्पीक कमिटिका सदस्य एवं नेपाल ह्याण्डवल संघका अध्यक्ष तेज गुरुङ, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रुद्र भट्ट, प्रेस स्वतन्त्रताका सेनानि बरिष्ठ पत्रकार वद्रीविनोद प्रतिक, मञ्च केन्द्रका निवर्तमान अध्यक्ष अजय फुँयाल, मञ्च कास्कीका संस्थापक अध्यक्ष एवं नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीले बोलेका थिए । यस्तै, जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बराल, पोखरा पर्यटन बोर्ड क्षेत्रीय कार्यालय पोखराका बरिष्ठ अधिकृत सुर्य थपलिया सहारा क्लबका अध्यक्ष विरभद्र आचार्य, पोखरा पर्यटन परिषद्का उपाध्यक्ष चिरञ्जीवि पोखरेल, तेक्वान्दो संघका केन्द्रीय सदस्य एवं आईस हक्की संघका केन्द्रीय उपाध्यक्ष मदन केसीले पनि शुभकामना मन्तव्य व्यक्त गरे ।
मञ्च कास्कीका कार्यवाहाक अध्यक्ष सन्देश श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सचिव दिननाथ बरालले प्रस्तुत गरेको प्रतिवेदन र कार्यवाहक कोषाध्यक्ष रञ्जन अधिकारीले पेश गरेको हालसम्मको आयव्यय प्रतिवेदन सर्वसम्मत पारित भएको थियो । कार्यक्रममा सहसचिव अर्जुन गिरीले स्वागत गरेका थिए ।
अध्यक्ष केशब पाठक एबं उपाध्यक्ष दिननाथ बराल दुवै पोखरान्युजडटकम का सम्पादक हुन् । नव निर्वाचित कार्य समितिलाइ पोखरान्युजडटकम हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको लागि शुभकामना ब्यक्त गर्न चाहन्छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution