एसएलसीको परीक्षाफल असार १० गतेसम्ममा प्रकाशित हुने

काठमाडौँ २१ जेठ –

परीक्षा नियन्त्रण कार्यालय ९पनिका० सानोठिमी भक्तपुरले २०७२ सालको प्रवेशिका परीक्षा (एसएलसी)को परीक्षाफल असार १० गतेसम्ममा प्रकाशित गर्ने तयारी गरेको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

कार्यालयका परीक्षा नियन्त्रक कृष्ण काप्रीले भन्नुभयो, “हामीले असारको १० गतेभित्रमा नतिजा निकाल्ने तयारीका साथ काम गरिरहेका छौँ ।” उहाँका अनुसार अहिले उत्तरपुस्तिका परीक्षण सकाएर अहिले प्राप्ताङ नम्बरको तथ्याङ्क भर्ने कार्य भइरहेको छ । “अहिलेसम्म ७० प्रतिशत तथ्याङ्क भर्ने काम सकिएको छ” उहाँले भन्नुभयो– “अब ३० प्रतिशत मात्र बाकी छ । त्यो काम पाँचदेखि सात दिनभित्रमा सकिन्छ ।”

पनिकाले यस वर्षदेखि प्राप्ताङ नम्बर नभएर अक्षराङ्कन प्रणाली (ग्रेडिङ)मा परीक्षाफल प्रकाशित गर्दैछ । विभिन्न नौ ग्रेडिङमा परीक्षाफल गरिने परीक्षा नियन्त्रक काप्रीले जानकारी गराउनुभयो ।  उहाँका अनुसार ९० देखि १०० प्रतिशत ल्याउने ए प्लस, ८० देखि ९० प्रतिशत ए, ७० देखि ८० प्रतिशत बी प्लस, ६० देखि ७० प्रतिशत बी, ५० देखि ६० प्रतिशत सी प्लस,४० देखि ५० प्रतिशत सी, ३० देखि ४० डी प्लस, २० देखि ३० डी र २० देखि १० प्रतिशत ल्याउनेलाई इ अक्षराङ्कनमा राखिएको छ ।

परीक्षामा नियमित र एक्जाम्टेडतर्फ ६ लाख १२२ जना सहभागी भएका थिए । जसमध्ये नियमिततर्फ चार लाख ४० हजार ६४९ र एक्जाम्टेडतर्फ एक लाख ५९ हजार ४७३ परीक्षार्थी सहभागी भएका थिए । चैत १८ गतेबाट सुरु भएको परीक्षामा प्राविधिकतर्फ तीन हजार २५५ परीक्षार्थी सहभागी भएका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button