काठमाडौँ, २१ जेठ –
अन्तराष्ट्रिय बडिबिल्डिङ्ग महासंघ र नेपाल ओलम्पिक कमिटिको मान्यता प्राप्त हिमालयन किङ्गडम नेप्लिज फेडेरेशन अफ बडिबिल्डिङ्ग एन्ड फिटनेशले दक्ष निर्णायक उत्पादन गर्ने उद्धेश्यले संचालन गरिएको प्रशिक्षण कार्यक्रमबाट दिक्षित ३३ निर्णायकलाई प्रमुख अतिथी नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवन राम श्रेष्ठले शुक्रबार ओलम्पिक भवन, सातदोवाटोमा निर्णायक कार्ड प्रदान गरे ।
अन्तराष्ट्रिय बलिबिल्डिङ्ग महासंघ अन्तराष्ट्रिय ओलम्पिक कमिटि र एशियन ओलम्पिक काउन्सिलको मान्यता प्राप्त अन्तराष्ट्रिय संस्था हो । हिमालयन किङ्गडमका अध्यक्ष शिवलाल श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले नेपाल ओलम्पिक कमिटि ओलम्पिक अभियानलाई अगाडी बढाउन सदा तत्पर रहेको भन्दै अन्तराष्ट्रिय ओलम्पिक र एशियाली ओलम्पिक परिषदमा आबद्धता प्राप्त संघको कृयाकलापलाई सदा साथ दिने बताए ।
उनले जति सुकै खेलका संघ भएता पनि ओलम्पिकमा आवद्ध संघलाई मात्र नेपाल ओलम्पिक संघले मान्यता प्रदान गर्ने बताए । त्यसैले भियतनाममा आयोजना हुने विच गेममा हिमालयन किङ्गडम नेप्लिज फेडेरेशन अफ बडिबिल्डिङ्ग एन्ड फिटनेशबाट छानिएका खेलाडीलाई सहभागि गराउने बताए ।
सो अवसरमा मित्र राष्ट चिनमा आयोजना भएको ५० औं एशियन शारीरिक सुगठन च्याम्पियनसिपमा सहभागी भई सातौ स्थान प्राप्त गर्ने खेलाडी द्वय संजीव श्रेष्ठ ६५ केजी तथा सुवर्ण खड्का १७२ से.मी. र अफिसियल अजय बज्राचार्यलाई प्रमाण पत्र प्रदान गरिएको थियो । बज्राचार्यले च्याम्पियनसिपका दौरान अन्तराष्ट्रिय निर्णायकको लाईसेन्स प्राप्त गरेका थिए । यस्तै सहयोगी फिटनेश च्वाईसका उत्तम सिलवाल र बडिबिल्डिङ्ग स्टोरका प्रवन्धक देव राज ढकाललाई कदर पत्रद्वारा सम्मान गरिएको थियो ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution