फलेवास (पर्वत), २२ जेठ –
धारिलो हतियारले आक्रमण गर्दा शुक्रबार साँझ दुई जना गम्भीर घाइते भएका छन् ।
जिल्लाको गाविस–९ स्थित मानसिक अवस्था ठीक नभएको ४२ वर्षीय लिलबहादुर गुरुङले धारिलो हतियार र ढुङ्गा प्रहार गर्दा सोहि ठाउँका २४ वर्षीय अशोक गुरुङ गम्भीर घाइते भएका छन् । धारिलो हतियार लागेर घाइते भएका अशोकले प्रतिकार गर्दा लिलबहादुरसमेत सख्त घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
घाइते लिलबहादुरको पर्वत जिल्ला अस्पतालमा उपचार भइरहेको छ । अर्का घाइते अशोकलाई प्रहरीको निग्रानीमा स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । रासस
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution