गोर्खा ब्रुअरीको पेयपदार्थ सोमर्सबीएप्पल साईडर पोखरामा सार्वजनीक

पोखरा, २२ जेठ –

गोर्खा ब्रुअरीको पेयपदार्थ सोमर्सबीएप्पल साईडर पोखरामा सार्वजनीक भएको छ । शनिबार पोखराको होटल बाराहीमा पोखरा क्षेत्रका आम उपभोक्ताहरको माझ एक समारोहका बिच प्रालिले उक्त पेयपदार्थ सार्वजनीक गरेको हो ।

कम्पनीका प्रबन्ध निर्देशक अरुण अधिकारी, डेपुटी म्यानेजिङ डाईरेक्टर सुरेन्द्र सिलवाल, सप्लायर्स चेन डाईरेक्टर बालाजी रेड्डी पाली, सेल्स प्रमुख काजीमान सुब्बा, मार्केटिङ प्रमुख वैभब शर्मा र रिजनल मार्केटिङ प्रोजेक्ट म्यानेजर अमर वैद्यले एकैसाथ जुस पिएर सार्वजनिक गरेका हुन् ।

कम्पनीका प्रवन्ध निर्देशक अधिकारीेले काठमाण्डौंमा उक्त पिय पदार्थ बिक्रि वितरण पछि पोखरा क्षेत्रबाट पनि बिक्रि वितरण सुरु भएको बताए । अधिकारीले कास्की सहित देशका धेरै जिल्लामा उक्त पिय पदार्थ पुराउने लक्ष्य राखिएको जनाए । सोमर्सबीएप्पल साईडर २ सय ५० मिलीग्राम प्रति बोतल मुल्य एक सय रुपैया रहेको र १२ वोतलको कार्टनमा उपलब्ध भएको कम्पनीले जनाएको छ ।

सोमर्सबी एप्पल साइडर स्याउको ताजा जुसबाट बनाइएको पेय पदार्थ भएकोले महिला तथा पुरुष दुवैको लागि उपयुक्त पेय पदार्थ भएको कम्पनीको दाबी छ । ४.५% अल्कोहलको मात्रा रहेको गुलियो र स्वादिलो हुनु यसको विशेषता रहेको छ । यो पूर्णतया प्राकृतिक तत्वले बनेको र यसमा कुनै कृतिम स्वाद र रंङ मिसावट नभएको कम्पनीले जनाएको छ ।

प्रवन्ध निर्देशक डाइरेक्टर अधिकारीले सोमर्सबी एप्पल साइडर गर्मीको दिनमा, दिउँसो खाना सँग वा कुनै पनि समयमा पिउन उपयुक्त हुने बताए । साइडर नेपाली बजारको लागि नयाँ उत्पादन भएको उनले दाबी गरे । गोर्खा ब्रुअरीका मार्केटिङ्ग प्रमुख बैभव शर्माले काल्सवर्गले एप्पल साइडर सन् २००८ मा डेनमार्क र नर्वेमा उत्पादन तथा वितरण प्रारम्भ गरेको बताए । विश्वका ५० भन्दा बढी मुलुकहरुमा सोमर्सबी एप्पल साइडर उपभोक्ता समक्ष पुगेको दाबी गरेका शर्माले सोमर्सबी एप्पल साइडर संगापुर, हङकङ्ग, मलेसिया, थाइल्याण्ड र चीन पछि छैठौं राष्ट्रको रुपमा नेपालमा उपलब्ध भएको जनाए । अहिले डेनमार्कमा यसले सबैभन्दा बढी बजार अंशलिएको छ भने नर्बेमा दोश्रो स्थानमा रहेको बताईन्छ । यसले आफ्नो उत्कृष्टताका कारण विश्वभर प्रतिष्ठा कमाएको छ । नेपालमा पनि सोमर्सबी एप्पल साइडर उपभोक्ता माझ लोकप्रिय बन्ने कम्पनीले विश्वास लिइएको छ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button