खेलाडी उत्पादनका लागि पहिलो शर्त भौतिक पूर्वाधारको निर्माण – उपराष्ट्रपति पुन

लेखनाथ, २२ जेठ –

नेपाल सरकारका उपराष्ट्रपति नन्द बहादुर पुनले नयाँ खेलाडी उत्पादनका लागि पहिलो शर्त भौतिक पूर्वाधारको निर्माण भएको बताएका छन । लेखनाथको भण्डारढिकमा हालै निमार्ण भएको रंगशालाको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले खेलकुदको विकास, खेलाडीहरुको खेल क्षमता अभिवृद्धि र नयाँ खेलाडी उत्पादनका लागि पहिलो शर्त भौतिक पूर्वाधारको निर्माण भएको बताएका हुन ।

उपराष्ट्रपति पुनले आर्थिक अबस्था कमजोर भएका कुनै पनि खेलाडीहरुले विदेशी खेलाडीहरु सामु उत्कृष्ट प्रदर्शन गर्न नसक्ने बताए । उनले भने “ हामी खेलकुद पूर्वाधार निर्माणमा धेरै पछि परिसकेका छौँ , नेपाललाई अन्तर्राष्ट्रिय जगतमा परिचित बनाउन थालेका फुटबल र क्रिकेटजस्ता खेलको विकासका लागि भौतिक पूर्वाधारको विकास अनिवार्य छ ।” यसतर्फ राज्य, सरोकारवालाहरुको ध्यान केन्द्रित भइरहेको भए पनि ठोस् परिणाम पाउन नसकेको उनले बताए । खेलकुदले व्यक्तिको शारीरिक अबस्था देखि घर, समाज हुदै राष्ट्र तथा विश्व सामु पहिचान गराउने सजिलो माध्यम भएकोले यसको विकास र विस्तारको लागि नेपाल सरकारले चाहेर पनि आर्थिक हिसावले ठुलो लगानी गर्न नसकेको उपराष्ट्रपति पुनले गुनासो गरे । रंगशाला निमार्णमा सहयोग गर्ने दातृनिकाय देखि स्थानीय विभिन्न संघ संस्थालाई धन्यवाद दिदै उनले खेलकुदको विकासमा यसरी सहयोग गर्न उपराष्ट्रपति पुनले आग्रह गरे । प्राकृतिक हिसावले अति सुन्दर लेखनाथ नगरपालीकामा भएका सात ताल देखि अन्य प्राकृतिक श्रोत साधनको संरक्षण सहित सहि ढंगले प्रयोग गर्न पनि उनले आग्रह गर्र्दै लेखनाथको सौन्दयतालाई जिवन्त राख्न जोड दिए ।

nanda bahadur pun 2

nanda bahadur pun 3

उनले भने “फुटवल र क्रिकेट खेलले नेपालको शिर उचो पारेको छ, सरकारले जति मात्रमा खेलकुदमा लगानी गरेको छ त्यो निकै कम छ, खेलकुदको विकासमा अर्को पहिलो सर्त भनेको खेलकुदको भौतिक संरचना पनि हो ।” खेलकुदको भौतिक संरचान भएको खण्डमा व्यक्तिको स्वास्थ्य देखि प्रतिष्प्रर्धा र एकताको भावना हुने उपराष्ट्रपति पुनले बताए । साम्सद यज्ञ बहादुर थापाले लेखनाथमा हालै निमार्ण भएको उक्त रंगशालाले खेलाडी सहित खेलकुदको विकास हुने विश्वास व्यक्त गरे । फिफा विश्व कप सन २०२२ मा कतारमा हुने भए पछि फुटवल खेलको विकास गर्ने उद्धेश्यले कतार सरकारको जेनेरेसन अमेजिङ कार्यक्रम मार्फत लेखनाथ भण्डारढिकको फुटवल खेल मैदान तथा प्याराफिट निमार्णमा करीब ४० लाख रुपैया आर्थिक सहयोग गरेको आर्दश युवा क्लवका अध्यक्ष लक्ष्मी भण्डारीले बताए । सुप्रिम कमिटिका सहायक कार्यकारी नछिर अल कतरले अल्पविकसित मुलुकमा फुटवल खेलको विकास गर्ने उद्धेश्यले कास्कीको लेखनाथ सहित नेपालमा सुप्रिम कमिटिले ४ ठाँउमा रंगशाला तथा फुटवल खेल मैदान तथा प्याराफिट निमार्णमा सहयोग गरेको बताए । उनका अनुसार नेपालको मकवानपुरमा दुई , कैलाली र कास्कीमा एक एक गरी ४ ठाँउमा लगानी गरेको हो । उक्त कमिटिले विश्वका २२ देशमा फुटवल खेलको विकासको लागि सहयोग गर्दै छ । आर्दश युवा क्लवका अध्यक्ष लक्ष्मी भण्डारीको अध्यक्षतामा कार्यक्रम भएको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button