विभिन्न क्षेत्रका पाँच व्यक्ति सम्मानीत

पोखरा, २२ जेठ –

विभिन्न क्षेत्रका पाँच व्यक्तिलाई शनिबार पोखरामा सम्मान गरिएको छ । उनीहरुलाइ छैटौ क्रियटिभ राष्ट्रिय सम्मान २०७३ बाट सम्मान गरिएको हो ।

सम्मानित हुनेहरुमा बीबीबी नेपाली सेवाका प्रमुख रवीन्द्र मिश्र, एसएसपी सर्वेन्द्र खनाल, वरिष्ठ कार्टुनिष्ट दुर्गा बराल बात्स्यायान, आँकुरा एकल तथा महिला समूह अध्यक्ष लक्ष्मी अधिकारी र गायक प्रमोद खरेल रहेका छन् । उनीहरुलाइ प्रमुख अतिथि कास्की जिल्ला अदालतका जिल्ला न्यायाधीश शेखर प्रसाद पौडेल र आयोजक संस्थाका प्रबन्ध निर्देशक आइ डि मिलन प्रतिकले सम्मान गरेका हुन् । सम्मान सँगै आयोजित साँगीतिक कार्यक्रममा गायक प्रमोद खरेलका साथमा पोखरेली कलाकारहरु सुर्य गुरुङ, मौसमी कँडेल, प्रितम रानामगर, जितु गुरुङ, सुधन थापा लगायतले आफ्नो प्रस्तुती राखेका थिए । कार्यक्रममा जिल्ला न्याायाधीश शेखर प्रसाद पौडेल, सम्मानित व्यक्तित्वहरु रविन्द्र मिश्र, दुर्गा बराल वात्सायान, प्रम्रोद खरेल, लक्ष्मी अधिकारी, सर्वेन्द्र खनाल, संस्थाका प्रबन्धक मिलन प्रतिक, वरिष्ठ सञ्चारकर्मी नरेश भट्टराइ लगायतले बोलेका थिए ।

यसअघि मिडिया प्लसले क्रियटिभ राष्ट्रिय सम्मान २०६६,२०६७, २०६८, २०७० र २०७१ मा सम्पन्न गरेको थियो । यसैगरी राजेश पायल राई एकल साँझ २०६६, क्रियटिभ लोक तारा २०६७, २०६८ र २०६९ विविध सांगीतिक कार्यक्रम २०६९, २०७० क्रियटिभ डान्स स्टार २०७० र २०७१, क्रियटिभ सिंगिङ आइडल –२०७१ रक्तदान कार्यक्रम, बाढीपिडितलाई सहयोग लगायतका कार्यक्रम क्रियटिभ बोर्डकास्टिङ मिडिया प्लसले गरिसकेको छ । रेडियो प्रस्तोला, उद्घोषण तथा पत्रकारिता तालिम प्रदान गर्दैआएको न्यूरोड पोखरास्थित यो संस्था सामाजिक कार्यमा समेत अग्रसर रहेको संस्थाका प्रबन्धक मिलन प्रतिकले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button