दयाशङ्कर पत्रकारिता पुरस्कार पौडेललाई

  • पोखरा न्यूज
  • २०७३ जेष्ठ २३
Post Thumbnail

पोखरा, २३ जेठ –

प्रमुख प्रतिपक्षी दलका नेता नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधान कार्यान्वयनमा काँग्रेसले अग्रणी भूमिका खेल्ने बताउनुभएको छ ।

नेपाल पत्रकार महासङ्घ कास्कीद्वारा सञ्चालित तथा प्रजातन्त्रका सेनानी दयाशङ्कर पालिखेको स्मृतिमा उहाँको परिवारद्वारा स्थापित ‘दयाशङ्कर पालिखे स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार’ रमेश पौडेललाई आज यहाँ प्रदान गर्दै उहाँले संविधान कार्यान्वयनपछि मात्रै सङ्घीय गणतान्त्रिक लोकतन्त्रको स्थायित्व हुने र देश आर्थिक समृद्धितर्फ उन्मुख हुने विचार व्यक्त गर्नुभयो ।

उहाँले जनताले तिरेको कर र दातृ निकायले दिएको सहयोगका रुपमा आएको पैसा जथाभाबी नचाहिँदो काममा खर्च गरेर दुरुपयोग गर्न नहुनेमा जोड दिनुभयो । उहाँले श्रमजीवी पत्रकार ऐन लागू गर्न आफुले प्रयास गर्ने आश्वासन पनि दिनुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले प्रजातन्त्रका सेनानी स्व पालिखे र प्रतिभा छनोट समितिका सदस्य पुण्य पौडेलले पुरस्कृत व्यक्तित्वको जीवनीमाथि प्रकाश पार्नुभएको थियो ।

प्रत्येक वर्ष वितरण गरिने सो पुरस्कारको राशि रु ३३ हजार ३३३ र साथमा सम्मानपत्र छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस