पोखरा, २३ जेठ –
“मिसेस गरुङ नेपाल २०१६” को उपाधि पोखरा लामाचौरकी चन्द्रा गुरुङले जितेकी छन । विवाहित गुरुङ समुदायका महिलाहरु बिच शनिबार अवेर पोखराको सृजनाचोकमा रहेको ह्वाइट हाउस पार्टी प्यालेसमा सम्पन्न भएको उक्त प्रतियोगितामा चन्द्राले १३ जना प्रतियोगिहरुलाई पछि पार्दै उपाधि हात पार्न सफल भएकी हुन । उनले मिसेस पर्सनालीटिको टाईटल समेत हात पार्न सफल भएकी हुन ।
१४ बर्षीया एक छोरीकी आमा चन्द्राले तमु जातिहरुको कला, संस्कृति संरक्षणमा लाग्ने बताउदै समाजसेवा गर्ने ईच्छा भएको बताईन । यस्तो सौन्दर्य प्रतियोगिताले आफुहरुको प्रतिभा प्रष्फुटन हुनुका साथै महिला शशक्तिकरण गर्न समेत थप टेवा पुग्ने उनले विश्वास लिएकी छन । प्रतियोगितामा फष्ट रनर अफको उपाधि भने मिना गुरुङले जितेकी छिन भने सेकेण्ड रनरअफमा आरोही गुरुङले उपाधि हात पार्न सफल भईन । आरोहीले क्याट वाकको टाईटल समेत आफ्नो पोल्टामा पार्न सफल भईन । प्रतियोगितामा दर्शक छनौट तथा फोटो जेनिकको टाईटल गिता गुरुङले हात पार्दा बिष्णु गुरुङले मिसेस क्रियटिभ, मिसेस ट्यालेन्टको टाईटल मिना गुरुङ, मिसेस हेल्दी हेयर निता गुरुङ, मिसेस फेण्ड्लीको टाइटल आरती गुरुङले प्राप्त गरीन ।
प्रतियोगिताको निर्णयकमा टप्स उच्च माविका संस्थापक तथा प्रिन्सिपल रत्नमान गुरुङ, बरिष्ठ संचारकर्मी शान्ति गुरुङ, मिसेस तिज २०६६ का विजेता सर्मिला गुरुङ, एच.के.व्युटि इन्टिच्युटका प्रवन्ध निर्देशक प्रजित गुरुङ रहेका थिए । नाल्मा तमु समाज काठमाण्डौं –पोखराको आयोजनामा संचालन भएको उक्त प्रतियोगितामा गोर्खा एण्ड बराह ज्वेलरीले मुख्य प्रयोजन गरेको हो । तमु धिं केन्द्रीय आमा समितिका अध्यक्ष हरी माया गुरुङ, गोर्खा एण्ड बराह ज्वेलरीका प्रवन्ध निर्देशक हरी धमला, मिसेस तिज २०६८ का विजेता रोजि श्रेष्ठ, प्रतियोगिताका कोरीयो ग्राफि रविन्द्र बज्रचार्य र सुरक्षा गुरुङ तथा प्रतियोगिताका संयोजक पवि गुरुङले विजेता प्रतियोगिहरुलाई ट्रफि, क्राउन साथमा गिफ्टह्याम्पर प्रदान गरेका थिए ।
प्रतियोगितामा पोखरा सहित स्याङजा, हेटौडा, वेनी र चितवनका १४ जना प्रतियोगिहरु सहभागि भएका थिए । १८ देखि ३५ बर्ष उमेर समुहका विवाहित महिलाहरुको व्यत्तित्व तथा नेतृत्व विकासको लागि उक्त प्रतियोगिता आयोजना गरीएको संयोजक पवि गुरुङले बताईन । द लुक्स फेसन होमको व्यवस्थापनमा हुने प्रतियोगिताको कोरीयो ग्राफिमा रविन्द्र बज्रचार्य र सुरक्षा गुरुङ रहेका थिए । उक्त अवसरमा एच.के. क्लारा दोश्रो मिस एस.एल.सी.क्वीन २०१६ प्रतियोगिताको उपाधि विजेता मोनिका गुरुङ सहितको टोलीलाई ट्रफीको साथमा मायाको चिनो समेत प्रदान गरीएको थियो ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution