मानव बेचबिखन आरोपमा छजना पक्राउ

  • पोखरा न्यूज
  • २०७३ जेष्ठ २३
मानव बेचबिखन आरोपमा छजना पक्राउ

काठमाडौँ, २३ जेठ  –

महानगरीय प्रहरी अपराध महाशाखाले मानव बेचबिखन गरेको आरोपमा छ जनालाई पक्राउ गरेको छ ।

महाशाखाबाट खटिएको टोलीले चार महिलालाई काँकरभित्ता हुँदै कुबेत लगेर बेच्ने गरेको सूचना पाएपछि खोजतलास गर्दै जाँदा शुक्रबार र शनिबार मोरङ, सुनसरीलगायतका जिल्लाबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउपर्नेमा बालकुमारी विश्वकर्मा, बिना तामाङ, नवीन धिमाल, जीवन उराउ, अशोक तामाङ र रुपनारायण राजवंशी रहेका छन् ।

महाशाखाका प्रहरी नायब उपरीक्षक मुकुन्द मरासिनीले नेपाली र भारतीय व्यक्तिको मिलेमतोमा बाहिर लगेर बेच्न लागेको सूचना पाएपछि खोजतलास गर्दै जाँदा दोषीलाई पक्राउ गरिएको जानकारी दिनुभयो । उहाँले एक व्यक्ति पठाएबापत रु दुई लाख ५० हजार लिने गरेको अनुसन्धानमा खुल्न आएको बताउनुभयो । उहाँले भन्नुभयो, “मानव बेचबिखन गर्ने मानिसको जालो नै रहेछ हामीले थप अनुसन्धान गरिरहेका छौँ ।”

महाशाखाले पाँच महिनादेखि मानव बेचबिखनको मुद्दा हेर्दै आएकामा छ वटा उजुरी दर्ता भएका र छ वटालाई नै मुद्दा चलाएको मरासिनीले बताउनुभयो । उक्त मुद्दामा हालसम्म १८ जना पीडित रहेको र १४ जना अपराधीलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । रासस



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस