बजेटमा पत्रकारका विषय नसमेटिएकामा आपत्ति

  • पोखरा न्यूज
  • २०७३ जेष्ठ २३
Post Thumbnail

काठमाडौँ, २३ जेठ –

आव २०७३-७४ को बजेटमा पत्रकारका विषयलाई प्राथमिकता नदिइएको भन्दै नेपाल पत्रकार महासङ्घका तीनवटै जिल्ला शाखाले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

महासङ्घका काठमाडौँ, ललितपुर र भक्तपुर शाखाले आज संयुक्त विज्ञप्ति जारी गर्दै सञ्चार क्षेत्रले उठाउँदै आएका मागको यथेष्ट सम्बोधन नभएकाले पत्रकारमैत्री बजेट आउन नसकेको जारी विज्ञप्तिमा उल्लेख छ ।

महासङ्घले लोकल्याणकारी विज्ञापनको अङ्क वृद्धि, सरकारी विज्ञापनको समानुपातिक वितरण प्रणाली तत्काल लागू गरिनुपर्ने, अशक्त एवम् ज्येष्ठ पत्रकार सम्मानवृत्ति कोषको घोषणा र आवश्यक बजेट व्यवस्था गर्न तथा अहिले सुरु भएको दुर्घटना बिमालाई उपचार बिमामा बदल्नुपर्ने माग रहेको पत्रकार महासङ्घ ललितपुर शाखाका अध्यक्ष लेखनाथ न्यौपानेको भनाइ छ ।

पत्रकारको दक्षता अभिवृद्धिका लागि स्वतन्त्र, स्वायत्त र प्राज्ञिकस्तरबाट व्यावसायिकरूपमा सञ्चालन हुने गरी राष्ट्रिय आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना र आमसञ्चार सङ्ग्रहालय तथा अध्ययन प्रतिष्ठान स्थापना गरी यसलाई प्रदेशस्तरसम्म विस्तार गर्ने गरी आवश्यक बजेटको व्यवस्था गर्न सरकारसँग माग गर्दै आएको थियो ।

सरकारी अस्पतालमा पत्रकारका लागि ५० प्रतिशत उपचार खर्चमा छुटको व्यवस्था गरिएकाप्रति भने शाखाले खुसी व्यक्त गरेको छ । रासस



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस