अब दैनिक नौ घन्टा मात्र लोडसेडिङ

  • पोखरा न्यूज
  • २०७३ जेष्ठ २३
अब दैनिक नौ घन्टा मात्र लोडसेडिङ

काठमाडौँ, २३ जेठ –

नेपाल विद्युत् प्राधिकरणले विद्युत्भार कटौतीको समय एक घन्टा घटाएको छ ।

यही जेठ २५ गते मङ्गलबारदेखि लागु हुनेगरी प्राधिकरणले दैनिक नौ घन्टा विद्युत्भार कटौती गर्न लागेको हो । यसअघि प्राधिकरणले दैनिक १० घन्टा विद्युत्भार कटौती गर्दै आएको थियो ।

नदीमा जलप्रवाहको क्रम बढेका कारण क्रमशः विद्युत्भार कटौतीको समय घटाउँदै लगिने प्राधिकरण भारप्रेषण केन्द्रका प्रमुख भुवनकुमार खत्रीले जानकारी दिनुभयो ।

उहाँका अनुसार हाल दैनिक ७०० मेगावाट विद्युत् आपूर्ति हुँदै आएको छ भने एक हजार ३५० मेगावाट विद्युत् माग रहँदै आएको छ । प्राधिकरणले विद्युत् चुहावट हुने स्थानमा भने न्यूनतम एक घन्टा र अधिकतम सात घन्टाभन्दा बढी विद्युत्भार कटौती गर्ने जनाएको छ । रासस



पोखरा सेरोफोरो

ताजा अपडेट

३ घण्टा अघि

गाई पूजा आजै

३ घण्टा अघि

गाई पूजा आजै

खोजी गर्नुहोस