काठमाडौँ, २४ जेठ –
किसानका समस्यालाई साझा बनाउनु पर्नेमा जोड दिँदै प्रथम विश्व किसान सम्मेलन आइतबार सम्पन्न भएको छ ।
‘कृषिका सम्पूर्ण क्षेत्रमा साम्राज्यवादद्वारा लादिएको नवउदारवादी नीतिका विरुद्ध सङ्घर्ष गरौँ’ भन्ने नाराका साथ शुक्रबारदेखि सुरु भएको सम्मेलन १५ बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दैै सम्पन्न भएको हो । सम्मेलनमा नेपालसहित भारत, बङ्गलादेश, पाकिस्तान, जर्मनी, जापानलगायत विश्वका ५० राष्ट्रका कृषिविज्ञ तथा किसानको सहभागिता रहेको थियो ।
सम्मेलनले विश्व किसान आन्दोलनलाई निरन्तर अगाडि बढाउन प्रथम विश्व किसान सम्मेलन तयारी समितिलाई रुपान्तरण गरी समन्वय समिति बनाउने निर्णय गरेको थियो । उक्त समन्वय समितिको संयोजक भैरवराज रेग्मी (नेपाल) र सदस्यमा योगेन्द्र ढकाल (नेपाल), बाबुराम शर्मा (भारत), प्रदिपसिंह ठाकुर (भारत), सज्जाद जाहिर हुसेन (बङ्गलादेश) र मोरसिद अलि(बङ्गलादेश )हनुभएको छ ।
नेपालमा भूमिसुधार तथा कृषि विकासका कार्यक्रम लागू गर्ने सन्दर्भमा राष्ट्रिय कृषक सञ्जाल गठन गरी कार्य अगाडि बढाइरहेको समितिका संयोजक भैरवराज रेग्मीले जानकारी दिनुभयो । रासस
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution