चार हजार चालक कारबाहीमा

धुन्चे (रसुवा), २४ जेठ –

ट्राफिक नियम उलङ्घन गर्ने सवारी चालकउपरको कारबाही तीव्र पारिएको छ ।

यातयात व्यवस्था विभागको अनुमति बेगर आएका र स्थानीयस्तरमा ट्राफिक नियम उलङ्घन गर्ने चार हजार १०० सवारी चालकलाई कारबाही गरिएको जिल्ला ट्राफिक प्रहरी रसुवाले जनाएको छ । पासाङल्हामु मार्गमा चल्ने सवारी साधनबाट चालु आवको साउनदेखि हालसम्म जरिवानाबापत रु १८ लाख २१ हजार ५०० राज्यकोषमा दाखिला भइसकेको बताइएको छ ।

कारबाही पर्नेमा ट्रक, बस, जिप, कार, कन्टेनरलगायत रहेका र उनीहरुलाई ट्राफिक नियमको चेतना अभिवृद्धि गराउने कार्यलाई पनि अगाडि बढाइएको ट्राफिक प्रहरीले बताएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button