मानव बेचबिखन मुद्दाका फरार पक्राउ

गाईघाट (उदयपुर), २४ जेठ –

मानव बेचबिखनको अभियोगमा जिल्ला अदालत उदयपुरबाट दण्ड सजाय पाएका एक फरार पक्राउ गरेका छन् ।

यसरी पक्राउ पर्नेमा उदयपुरको त्रियुगा नगरपालिका–१२ बस्ने ४० वर्षीया लक्ष्मी बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । बस्नेतलाई मानव बेचबिखन र ओसारपसारको अभियोगमा जिल्ला अदालत उदयपुरबाट यसअघिनै मुद्दा चलाई दण्डसजाय निर्धारण भइसकेको थियो ।

तर लामो समयदेखि फरार रहँदै आएको बस्नेतलाई आइतबार त्रिनपा–१२ स्थित एक घरबाट गोप्य सूचनाको आधारमा प्रहरीले पक्राउ गरी अदालतमार्फत जिल्ला कारागार चलानसमेत गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक ओम रानाले बताउनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button