खेल मैदानलाई रु छत्तीस लाख

बागलुङ, २५ जेठ –

विभिन्न विद्यालय र स्थानमा खेल मैदान निर्माणका लागि रु ३६ लाख सरकारी बजेट आएको छ ।

चालु आवका लागि युवा तथा खेलकुद मन्त्रालय मार्फत सो रकम जिल्ला भित्रिएको हो । आउँदो असार मसान्तसम्म खेल मैदान निर्माण भइसक्ने जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

खेल मैदान निर्माणका लागि उत्तरगङ्गा उमावि, गलकोट उमावि, बाङ्गेचौर खेल मैदान, बोहरागाउँ खेल मैदानका लागि रु पाँच पाँच लाख, चौतारेडाँडा खेल मैदानका लागि रु १० लाख तथा महेन्द्र उमावि सुखौरा र सूर्योदय जनक मावि बिनामेरका लागि रु तीन तीन लाख बजेट विनियोजन भएको छ ।

मन्त्रालयसँग उक्त रकमको सम्झौता भई पहिलो किस्ता रकम खेलकुद विकास समितिमा आइसकेको समितिका अध्यक्ष धनबहादुर परियारले बताउनुभयो । दोस्रो किस्ता रकम भने निर्माण सम्पन्न भइसकेपछि आउने उहाँको भनाइ छ । “कपितय ठाउँमा नयाँ मैदान निर्माण हुनेछन्, कतै जीर्ण मैदानको मर्मत र स्तर वृद्धि पनि हुनेछ” परियारले भन्नुभयो “अहिले काम सुरु भइसकेको छ, असारभित्र सबैतिरको काम पूरा हुन्छ ।”

बजेट अभावमा मैदान बनाउन नसकेका विद्यालयलाई सरकारी बजेटले उत्साहित बनाएको छ । खेल क्षेत्रको अत्यावश्यक पूर्वाधार मानिने खेलकुद मैदान निर्माणका लागि बर्सेनि खेलकुद मन्त्रालयबाट बजेट आउने गरेको छ । जिल्लास्तरमा व्यवस्थित र स्तरीय खेल मैदानको अभावमा खेलकुदको यथोचित विकास हुन सकेको छैन । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button