इस्तानबुल आक्रमणमा सात प्रहरीसहित एघारको मृत्यु

इस्तानबुल, २५ जेठ –

इस्तानबुलको मध्यभागमा अवस्थित बेयाजित क्षेत्रमा अज्ञात समूहद्वारा मङ्गलबार गराइएको बम विस्फोटमा कम्तिमा सात प्रहरी अधिकारीसहित ११ जनाको मृत्यु भएको छ ।

पर्यटकीय क्षेत्र नजिकै गरिएको उक्त आक्रमणमा ३६ जना घाइते भएको बताइएको छ । घाइते हुनेमा प्रहरी वा सामान्य नागरिक को हुन् भन्नेबारे खुलाइएको छैन ।

घटनाको समाचार तयार पार्ने बेलासम्म कुनै समूहले जिम्मेवारी लिइसकेको छैन ।

कुर्दिस्तान पार्टीको संलग्नता दावी

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले घटनामा प्रतिबन्धित कुर्दिस्तान पार्टीको संलग्नता रहेको दाबी गर्नुभएको छ ।

उहाँले कुर्दिस्तान विद्रोहीका यस्ता आक्रमण नयाँ नभएको भन्दै यसबाट सरकार नतर्सिने बरू अझ सशक्तरुपमा प्रतिरोधमा आउने घटनापछि अस्पतालमा उपचारारत् घाइते तथा उनीहरुका आफन्तसँगको भेटमा बताउनुभयो ।

यसैबीच टर्कीको प्रहरीले मङ्गलबारको विस्फोट योजनामा संलग्न भएको आरोपमा चार जनालाई पक्राउ गरेको राज्य सञ्चालित एनोटोलिया न्युज एजेन्सीले प्रहरीलाई उद्धृत गर्दै जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button