पोखरामा बेहोस अवस्थामा भेटिएकी युवतीको उपचारको क्रममा मृत्यु

पोखरा, २६ जेठ  –

पोखरामा नागढुंगामा मंगलबार वेहोस अबस्थामा भेटिएकी एक युवतीको उपचारको क्रममा आज मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको छ । नागढुंगास्थित खुल्ला चौरमा बेहोस अबस्थामा भेटिएकी करीब २० बर्षीया स्मृती गुरुङको मणिपाल शिक्षण अस्पतालमा उपचारकै क्रममा आज विहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

गोर्खा घर भई नागढुंगामा भाडामा बस्दै आएकी गुरुङको भाडामा बस्ने घर देखि करीब २ सय मिटर टाडा खुल्ला चौरमा बेहोस अबस्थामा भेटिएको स्थानीयले बताएका छन । गुरुङलाई चौरमा बेहोस अबस्थामा देखे पछि स्थानीयले खबर गर्दा प्रहरीले मंगलबार वेलुका ५ः४५ बजे उद्धार गरी पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पुराएको थियो । पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा सामान्य उपचार पछि थप उपचारको लागि मणिपाल शिक्षण अस्पतालमा लगिएको थियो । गुरुङको बाहिरी शरीरमा खासै चोट देखिदैन भने टाउकोमा भित्रि चोट रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरिक्षक गणेश बमले बताए । बेहोस अबस्थामा भेटिएकी गुरुङको टाउकोमा भित्री चोट लागेको उनले बताए ।

उनले भने “यो घटना हत्या हुन सक्छ, हत्याको आशंकामा ३ जनालाई नियन्त्रणमा लिएका छौं । ”उक्त घटनाको थप अनुसन्धान भई रहेको उनले जनाए । उनका आफन्तहरु नआएको कारणले गर्दा उनको शव हाल मणिपाल शिक्षण अस्पतालमा रहेको छ । उनका आफन्तहरु आए पछि पोष्टमार्टम गरीने भएको छ । पोखरामा एक पछि अर्को महिलाहरु विभिन्न बहानामा हत्या हुने घटना जारी रहदा शान्ति सुरक्षामा गम्भीर प्रश्न उठन थालेको स्थानीयले गुनासो गरेका छन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button