संवैधानिक राजसंस्था ब्यूँतिने छ– महामन्त्री लिङ्देन

पाँचथर, २६ जेठ –

राप्रपा नेपालका महामन्त्री राजेन्द्र लिङ्देनले ढिलो चाँडो संवैधानिक राजसंस्था ब्यूँतिने बताउनुभएको छ । पाँचथरको फिदिममा आज पार्टीको चौथो जिल्ला अधिवेशनमा लिङ्देनले जनताले राजसंस्था चाहेकाले ब्यूँतिने धारणा राख्नु भयो । उहाँले सडक र सदनमा पार्टीले संवैधानिक राजसंस्था र सनातन हिन्दू राष्ट्रको पक्षमा आवाज उठाउँदै आएको उल्लेख गर्नु भयो ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

अधिवेशनमा पार्टीका केन्द्रीय सदस्य अमीर मादेनले काँग्रेस, एमाले, माओवादीलगायतका पार्टीले जातजातिबीचमा भिडाएर सद्भाव खल्बल्याएको आरोप लगाउनुभयो ।

अर्का केन्द्रीय सदस्य छविरमण सुवेदीले राप्रपा नेपालमात्रै छलकपट नगर्ने र जनताको वैचारिक आस्थाको धरोहर भएको बताउनुभयो । अधिवेशनलाई काँग्रेसका सभापति नरेन्द्रकुमार केरुङ, एमाले अध्यक्ष राजकुमार भण्डारी, माओवादी नेता लालबहादुर गुरुङ, राप्रपा नेता शेरबहादुर मुखिया, सङ्घीय लिम्बुवान पार्टीका सचिवालय सदस्य चन्द्रराज आङ्देम्बे, राप्रपा नेपालका वरिष्ठ नेता कृष्णप्रसाद योङ्या, उपाध्यक्ष कमल चेम्जोङलगायतले सम्बोधन गर्दै शुभकामना व्यक्त गर्नुभएको थियो ।

अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै भोलि सकिने सो पार्टीले जनाएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button