नासा कास्कीको अध्यक्षमा पुनः श्रेष्ठ

पोखरा, २६ जेठ – 

नेपाल अटोमोबाइल एसोसिएसन (नासा) कास्कीको अध्यक्षमा पुनः शिव श्रेष्ठ निर्वाचित भएका छन् । मंगलबार पोखरामा सम्पन्न अधिवेशनले श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको हो ।

एसोसिएसनको उपाध्यक्षमा खेम ढकाल र कृष्णमान बुध्दाचार्य, सचिवमा प्रवेश पौडेल, कोषाध्यक्षमा दीपेन्द्र कोइराला चयन भए । सदस्यहरूमा देव नकर्मी, कपिलकिरण श्रेष्ठ, निरव नाल्मी, प्रज्वल रञ्जित र रेविना श्रेष्ठ चयन भएका छन् ।

nasa 2

उक्त अवसरमा बोल्दै नासाका केन्द्रीय महासचिव गोविन्द भट्टराईले सहासिक खेलकुदको क्षेत्रमा नासाको योगदान महत्वपूर्ण रहेको बताए । ‘अटो स्पोर्टस्को महत्व पछिल्लो समय बढिरहेको छ,’ उनले भने । नासाले सडक सुरक्षा सम्बन्धी सचेतनासमेत बढाइरहेको उनले बताए । नासाले उत्पादन गरेका खेलाडीहरु अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भइरहेको भट्टराईले जानकारी दिए ।

खेलकुदको विकासका लागि नासासँग हातेमाले गरेर अगाडि बढ्न आफूहरु तयार रहेको जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष यम गुरुङले बताए । सहासिक खेल क्षेत्रमा नासा कास्कीले पुरयाएको योगदान प्रशंसनीय रहेको जिल्ला खेलकुद विकास समिति कास्कीका कार्यालय प्रमुख प्रकाश बरालले बताए । नासाका गतिविधिलाई आगामी दिनमा अझ प्रभावकारी बनाउने अध्यक्ष श्रेष्ठले प्रतिवद्धता व्यक्त गरेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button