बन्द बिरुद्ध पोखराका युवा सडकमा उत्रिए

पोखरा, २७ जेठ –

नेपाल बन्द बिरुद्ध पोखराका युवाहरु सडकमा उत्रिएका छन । बन्द गर्न नहुने भन्दै पोखराका युवाहरु आवद्ध केहि संघ संस्थाका युवाजमात एक भई विहिबार पोखराको सडकमा उत्र्रिदै पोखरामा मोटसाइकल रयाली प्रदर्शन गरेका हुन ।

“बन्द सदाको लागि बन्द गरौं, देशको विकासमा वन्द नगरौं, युवा बर्गलाई गरी खाने वातावरण तयार गर ” लगायतका नारा सहित पोखराका युवाहरुले बन्द बिरुद्ध पोखरामा विहिबार मोटरसाईकल रयाली प्रदर्शन गरेका थिए ।

युवा सञ्जाल नेपाल, एम.आर.आर. पोखरा, युथफर जेन्ज परिवर्तनको लागि युवा अभियान लगायता संस्थाहरुको अगुवाईमा पोखरामा भेला भएका युवाहरुले सामुहिक रुपमा मोटसाईकल रयाली प्रर्दशन गरी वन्द भएका पसलहरुलाई खुलाउन आग्रह गर्दै बन्द नगर्न सवैलाई आव्हान गरेका थिए । महेन्द्रपुल, नदीपुर, गणेशटोल, सिद्धार्थचोक, चिप्लेढुंगा, सभागृहचोक पृथ्बीचोक, नयाँबजार लगायतको क्षेत्रमा नगर परिक्रमा गरी युवाहरुले नेपाल वन्द कुनै पनि निहुमा राजनीतिक दल तथा कुनै संघ संस्थालाई नगर्न आग्रह गरेका थिए ।

strike in pokhara 2

पोखराको चिप्लेढुंगामा आयोजना भएको कोण सभामा बोल्दै युवा सञ्जालका सचिन गिरीले नेपाल आर्थिक हिसावले धेरै पछि परेकोले यस्ता वपन्द हड्तालले झन पछि पर्ने भएकोले वन्द हड्ताल नगर्न आग्र गर्दै वन्द बिरुद्ध जनताहरु सडकमा उत्र्रिन आग्रह गरे । त्यसै गरी परिवर्तनको लागि युवा अभियानका विश्व दर्शन पराजुलीले युवाहरुले देशको परिवर्तत गर्न चाहेकोले नयाँ नेपालमा पनि पुरानै ढंगले नेपाल वन्द गरी देशलाई अस्त व्यस्त नगर्न आग्रह गर्दै वन्द बिरुद्ध सवै जनता एक हुन अनुरोध गरे । उनले भने “ देशका युवा शक्तिलाई स्वदेशै परिचालन गर्न यहाँ उद्योग धन्दा कलकारखाना स्थापन गर्नु पर्दछ, विभिन्न वहानामा वन्द गरेर देशलाई वर्वाद गर्नु हुदैन, वन्द बिरुद्ध अब हामी युवा शक्ति एक हुनु पर्दछ । ”

पोखरा र लेखनाथमा क्षेत्रमा आज (विहिबार) बन्द गराउदै हिडेका नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीका ४२ जना नेता तथा कार्याकर्ताहरु पक्राउ गरेको थियो। पोखरा र लेखनाथ क्षेत्रमा जवरजस्ती वन्द गराउदै हिडेका ४२ जनालाई विभिन्न चोकबाट पक्राउ गरीएका उनीहरुलाई वेलुका ५ बजे छाडिने कास्कीका प्रहरी निरिक्षक गणेश वमले बताए ।

नेकपा माओबादी क्षेत्र नम्बर १ का ईन्चार्ज गोकुल पराजुली, क्षेत्र नम्बर ४ का इृन्चार्ज सुजन विक सहितका नेता तथा कार्यकर्ताहरु पक्राउन परेका हुन । उनीहरुलाई प्रहरीले पोखराको महेन्द्रपुल, शिवालयचोक, लेखनाथको शिशुवा, तालचोक लगायतका क्षेत्रबाट पक्राउन गरेको हो ।

विभिन्न आन्दोलनको क्रममा प्रहरीको नियन्त्रणमा रहेका आफ्ना कार्यकर्ताको रिहाईको माग गर्दै कालोबजारी, भष्टचार, महङगीको बिरुद्धमा विप्लव नेतृत्वको नेकपा माओवादीले आज नेपाल बन्द आह्वान गरेको हो । विहानै देखि प्रहरीले बन्द कर्तालाई पक्राउ गर्न थाले पनि बजारमा खासै सवारी साधनहरु संचालन हुन सकेनन भने बजार प्राय ठप्प नै रह्यो । फाट्यफुट्य रुपमा केहि किराना, चिया पसलहरु आधा सटर खोलेर संचालन भएका थिए ।

नेकपा माओवादीका गण्डकीका ईञ्चार्ज सावित्री दुराले पक्राउ परेका आफ्ना नेता तथा कर्याकर्ताहरु अविलम्ब रिह गर्न माग गरेकी छिन । डाँडाकोनाक क्षेत्रमा रतन परियारलाई प्रहरीले हात खुट्टामा लाठी प्रहार गरीे कुटपिट गरेको दुराले आरोप लगाएकी छिन ।

बन्दका कारण पोखरामा लामो तथा छोटो दुरीका सार्वजनीक भाडाका सवारी साधन संचालन भएनन भने उहाँका उद्योग कल कारखाना शैक्षिक संघ संस्था पसलहरु अधिकाशं बन्द रहेका थिए । केहि मात्रमा किराना तथा चिया पसलहरु खुलेका देखिन्थे ।

बन्दमा एम्वुलेन्स, प्रेस, मानवअधिकार तथा अत्यावश्यक सामग्री बोक्ने सवारी साधनलाई संचालन भएका छन भने पर्यटक तथा कुटनीतिक नियोगका सवारी साधन संचालन भएका हुन । पोखराबाट आज मात्र करीब २४ वटा हरियो प्लेटका पर्यटक सवारी साधनहरु काठमाण्डौं गएका छन भने काठमाण्डौंबाट पनि उतिकै सङख्यामा जसो पोखरा आएका थिए । आज वेलुका ५ बजे पछि पृथ्बीराजमार्ग वस संचालक समितिद्धारा संचालीत लामो तथा छोटो दुरीका वसहरु संचालन हुने भएको समितिका महासचिव योगेन्द्र केसीले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button