बागलुङका सबै गाविस साक्षर

बागलुङ, २७ जेठ –

बागलुङका सबै गाविस साक्षर घोषणा भएका छन् । घोषणासँगै ‘साक्षर बागलुङ’को लक्ष्य पूरा भएको छ ।

सत्ताइस महिनाको अवधिमा एक नगरपालिकासँगै जिल्लाका सबै गाविस साक्षर घोषणा भएका हुन् । विसं २०७० फागुनमा हरिचौर पहिलो साक्षर गाविस बनेको थियो । आज अन्तिम गाविसका रुपमा बुर्तिवाङ, बोवाङ, राजकुत र भीमगिठेलाई साक्षर घोषणा गरिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

बागलुङ नगरपालिकालाई यही जेठ १४ गते साक्षर घोषणा गरिएको थियो । जिल्लाका सबै गाविस र नगरपालिका घोषणा भइसकेकाले ‘साक्षर बागलुङ’ घोषणाको तयारी भइरहेको जिल्ला शिक्षा अधिकारी विष्णुप्रसाद मिश्रले बताउनुभयो ।

“गाविस र नगर साक्षर भइसकेका छन्, समग्र जिल्लालाई साक्षर घोषणा गर्ने तयारीमा छौँ”– जिशिअ मिश्रले भन्नुभयो, “आउँदो असार ३ मा घोषणा समारोहको आयोजना हुँदैछ ।” जिल्लाभरको साक्षरता दर ९५ दशमलव ३७ प्रतिशत पुगेको जनाइएको छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button