पदकधारी म्याराथन धावक मानन्धरलाई बिदाई

पोखरा, २८ जेठ –

दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक विजेता म्याराथन धावक बैकुण्ठ मानन्धरलाई सुक्रबार पोखरामा हङकङ यात्राको सफलताको कामना सहित एक समारोहका विच विदाई गरीएको छ ।

सहारा क्लव, पोखराका अध्यक्ष विरभद्र आचार्य, निवर्तमान अध्यक्ष विक्रम थकालीले फुलमाला तथा खादा एवं मायाको चिनो हस्तान्तरण गरी धावक मानन्धरलाई विदाई गरेको महासचिव केशवराज बरालले बताए । सहारा क्लव हङकङले यही जेठ ३० गते अर्थात १२ जुनमा आयोजना गर्ने उक्त च्यारीटि हाईकिङ कार्यक्रमको प्रमुख अतिथिको रुपमा उनलाई निमन्त्रणा दिए पछि धावक मानन्धर उक्त कार्यक्रममा सहभागि हुने भएका छन ।

कार्यक्रममा बोल्दै पदकधारी मानन्धरले धेरै बर्ष पहिला पनि पोखरामा दौडन आउने गरेको प्रसङ्ग कोट्याउदै पोखरामा खेल पर्यटनको र खेलकुदको प्रचुर सम्भावना भएको उनले बताए । पोखरेलीहरुले हौसाएको कारणले गर्दा आफुले म्याराथनमा नेपालको राष्ट्रिय कृतिमान राख्न सफल भएको दाबी गरे । उनले वातावरणकोे हिसावले पोखरा उपयुक्त भएकोले यहाँका खेलाडी र खेलकुदको विकासको लागि सवै जुट्नु पर्ने बताए । नेपाल ओलम्पीक कमिटिका सदस्य एवं क्लवका सल्लाहकार तेज बहादुर गुरुङले नेपालका पदकधारी बैकुण्ठ मानन्धरको हङकङ यात्राले नयाँ युवा पिढिमा तरङग पैदा गराउने बताए । राष्ट्रिय खेलकृुद परिषदका सदस्य फक्त बहादुर गुरुङले क्लवले खेलकुदको साथमा सामाजिक क्षेत्रमा उल्लेखनिय योगदान पु¥याएको भन्दै राखेपबाट आवश्यक सहयोगको लागि समन्वय गर्न तयार रहेको जनाए । पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यम बहादुर गुरुङ, खेलकुद पत्रकार मञ्च कास्कीका अध्यक्ष केशव पाठक, क्लवका निवर्तमान अध्यक्ष विक्रम थकाली, बरिष्ठ उपाध्यक्ष केशवबहादुर थापा लगायतले पदकधारी मानन्धरको हङकङ यात्रा सहित हङकङ वसाईको सफलताको कामना गर्दै शुभकामना दिएका थिए ।

उक्त अवसरमा नेपाल खेलकुद पत्रकार मञ्च कास्कीका नवनिर्वाचित कार्यसमितिलाई वदाई ज्ञापन गरीएको थियो । मञ्च कास्कीका अध्यक्ष केशव पाठक, उपाध्यक्ष दिननाथ बराल, सचिव रन्जन अधिकारी, सह–सचिव अर्जुन गिरी, सदस्य उमेश पुनलाई ३ बर्षे कार्यकालको सफलताको कामना सहित माला तथा खादा लगायर वधाई ज्ञापन गरीएको हो ।

सहारा क्लव पोखराको समन्वयमा हुने उक्त कार्यक्रममा संकलन भएको केहि रकम क्लवले सहारा एकेडेमीको लागि आर्थिक सहयोग गर्ने भएको छ । स्वास्थ्य नै धन हो भन्ने मुल नाराका साथ आयोजना हुने हाईकिङ करीब साँढे १२ किलोमिटर दुरी रहेको सहारा हङकङका सल्लाहकार देव गुरुङले बताए । क्लवले यस अघि विगत दुई बर्ष सम्म निरन्तर रुपमा हङकङ साँझ लगायतका कार्यक्रमबाट केहि रकम वचन गरी सहारा एकेडेमीलाई सहयोग गर्दै आएकोले २०७२ सालमा नेपालमा भूकम्प गएका कारणले गर्दा उक्त कार्यक्रम प्रभावित भएर यस्तो कार्यक्रम आयोजना गर्न लागेको बताईन्छ । यस पटकको कार्यक्रमबाट पनि क्लवले केहि रकम सहारा एकेडेमीलाई सहयोग प्रदान गर्ने भएको सल्लाहकार गुरुङले जनाए ।

उक्त कार्यक्रममा सल्लाहकार देव गुरुङलेले आर्थिक सहयोग गरेका छन भने ईन्द्र बराह ज्वेलरीका शिव लामिछानेले टि सर्ट, तमु समाज हङकङका अध्यक्ष कोमल गुरुङ कान्छा, द गोर्खाज होल्डीङबाट सहयोग प्रात्त भएको बताईन्छ । उक्त अवसरमा पुर्व राष्ट्रिय वक्सिङ खेलाडी नामसिंह थापा मगर नेपालको पहिलो पटक ओलम्पीकमा सहभागि भएको भन्दै क्लवले सम्मान गर्ने भएकोे हो । नेपाली खेलकुदको क्षेत्रमा उल्लेखनिय योगदान पुरयाएको भन्दै उनीहरुलाई सम्मान गर्न लागेको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button