सुरक्षित चर्पीयुक्त घर निर्माण

हुम्ला, २९ जेठ –

हुम्ला जिल्लामा सन् २०१७ सम्म चर्पीयुक्त घरको लागि राष्ट्रिय लक्ष्य हासिल गर्ने क्रममा यहाँका १९ वटा गाउँ विकास समितिले चर्पी निर्माण कार्य पूरा गरेका छन् ।

पछिल्लो पटक स्याडा गाविसमा ३७४ घरपरिवारका लागि चर्पी निर्माण गरी खुला दिसामुक्त घोषणा गरिएको छ । प्रमुख जिल्ला अधिकारी डा कृष्णबहादुर घिमिरेले सो अवसरमा गाउँ टोलमा चर्पी निर्माण गरे कुनैपनि महामारी रोगबाट बच्न सकिने बताउनु भयो ।

मुचु हेक्का, सिमीकोट, ठेहे, साँया, गोठी र श्रीनगरका आठवटा गाविसलाई पनि छिटो खुला दिसामुक्त क्षेत्र घोषणा गरिने खानेपानी सरसफाइ डिभिजन कार्यालय प्रमुख ज्वालाराज शाहीले जानकारी गराउनुभयो रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button