काठमाडौँ, ३१ जेठ –
संयुक्त राज्य अमेरिकाको ओल्र्यान्डो टेक्सास राज्यको एक नाइट क्लबमा ५० जनाको ज्यान जाने गरी भएको गोली काण्डको घटनाप्रति नेपाल सरकारले गहिरो दुःख व्यक्त गरेको छ ।
सरकारले निर्दोष जनतामाथि बर्बरतापूर्वक गरिएको हमलाको निन्दा गरेको छ र घटनामा परी ज्यान गुमाएकाको परिवारजनप्रति सहानुभूति प्रकट गरेको छ ।
नेपाल सरकारले यस घटनामा परी घाइते भएकाहरुको शीघ्र स्वास्थ्यलाभको कामना पनि गर्दै दोषीलाई कानुनी कठघरामा उभ्याउने आशा पनि व्यक्त गरेको छ । रासस
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution