साहित्यिक मैत्रीपूर्ण फुटबल शनिबार

काठमाडौँ, ३१ जेठ –

संस्कृति, साहित्य र कलासम्बन्धी राष्ट्रिय पाक्षिक पत्रिका ‘संसाक’को आयोजनामा साहित्यकारबीच यहाँ ‘प्रथम साहित्यिक मैत्रीपूर्ण फुटबल खेल’ यही असार ४ गते हुने भएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको खेल मैदानमा हुने सो प्रतियोगिताका लागि दुई टोलीमा गरी करिब ५० साहित्यकारको सहभागिता हुने बताइएको छ । खेल सम्पन्न गर्न डा शैलेन्दुप्रकाश नेपालको आयोजनामा मूल समारोह समिति र कार्यक्रम संयोजकमा संसाकका सम्पादक एवं प्रकाशक उमेश पाण्डे रहनुभएको छ ।

खेलमा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, उपकुलपति डा विष्णुविभु घिमिरे, सदस्यसचिव प्रा डा जीवेन्द्रदेव गिरी लगायत पदाधिकारी, सत्यमोहन जोशी, रामबहादुर पहाडी, प्रा डा गार्गी शर्मा, माया ठकुरी, डा प्रकाशचन्द्र लोहनी, हरिहर खनाल, उषा शेरचन, पूर्ण विराम, सरुभक्त, डा विजय सुब्बा, नरेन्द्रबहादुर श्रेष्ठ, प्रल्हाद पोखरेल, श्रीओम रोदन, दीनानाथ शर्मा, प्रा डा रमेशचन्द्र अधिकारी, वासुदेव गुरागाईँ, शारदा शर्मा, प्रभा भट्टराई, राधेश्याम लेकाली, सुलोचना मानन्धर, गौरा प्रसाईँ लगायतको सहभागिता रहने जनाइएको छ ।

नेपाली साहित्यको उत्थान, साहित्यकार, पाठक एवम् सर्वसाधारणबीचको सम्बन्ध वृद्धि र मनोरञ्जनका लागि कार्यक्रम आयोजना गर्न लागिएको कार्यक्रम संयोजक पाण्डेले जानकारी दिनुभयो । साहित्यकारहरुबीच मैत्रीपूर्ण फुटबल खेल नेपालमा सम्भवतः पहिलो पटक हुन लागेको हो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button