सिन्धुली, ३१ जेठ –
स्थानीय न्यु सिद्धस्थली इङलिस बोर्डिङ स्कुलमा कक्षा ४ मा अध्ययन गर्ने विद्यार्थी शिक्षकको यातनाका कारण श्रवण शक्ति नै गुम्न सक्ने खतरामा पुगेका छन् ।
उक्त स्कुलको कक्षा ४ मा अध्ययन गर्ने भद्रकाली–७ सिन्धुलीका अनिश बम्जन यही जेठ २४ गते आफ्नै शिक्षकको यातनाका कारण कानको जाली फुटेर श्रवण शक्ति नै गुम्न सक्ने अवस्थामा पुगेका हुन् । घटना पुरानो भए पनि भर्खरै सार्वजनिक भएको हो ।
बम्जनलाई शिक्षक अजय टोपुले गालामा चड्कन हान्दा कानको जाली फुटेको हो । शिक्षकको कुटाइपछि जिल्ला अस्पताल पुगेका बम्जनलाई थप उपचारका लागि काठमाडौँ सिफारिस गरिएको र हाल त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको विद्यार्थीका बाबु भक्तले जानकारी दिनुभयो ।
विद्यालयले उपचार खर्च ब्यहोरिदिने भन्दै घटनालाई बाहिर नल्याउन आग्रह गरेको समेत उनको भनाइ छ । आफ्ना छोरालाई यातना दिएर घाइते बनाएकामा आक्रोश व्यक्त गर्दै भक्तले निजी विद्यालयको मनपरी रोकिदिन सम्बन्धित निकायलाई आग्रह गर्नुभयो ।
विद्यालयका प्रअ मनोज प्रधानले विद्यार्थीमा कानको समस्या भएपनि शिक्षककै कुटाइका कारण समस्या उत्पन् भएको हो होइन भन्ने प्रमाणित भइनसकेको बताउनुभयो । रासस
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution