क्षेत्रिय स्तरको भलिबल प्रशिक्षण केन्द्रको निमार्ण कार्य पोखरामा तिव्र

पोखरा ३१, जेठ –

पोखरा रंगशालामा पश्चिमाञ्चल क्षेत्रिय स्तरको भलिबल प्रशिक्षण केन्द्रको निमार्ण कार्य तिव्र पारिएको छ । एक करोड १६ लाखको योजनको उक्त प्रशिक्षण केन्द्रको निमार्ण कार्य तिव्र पारिएको कास्की जिल्ला भलिबल संघका अध्यक्ष भिम पराजुलीले बताए ।

Hot Air Balloon Booking
Paragliding Pokhara

४ वटा भलिवल कोर्ट, १४ रोपनी क्षेत्रफल रहेको उक्त जग्गाको संरक्षणको लागि तारवार, महिला तथा पुरुषको लागि शौचालय, अभ्यास खेलको लागि पर्खाल निमार्ण, कार्यालय लगायतका भौतिक संरचनाको लागि उक्त बजेट लाग्ने भएको अध्यक्ष पराजुलीले बताए । हालसम्म करीब ३० लाख मुल्य बराबरको अर्थात एक तिहाई निमार्ण कार्य सम्पन्न भएको अध्यक्ष पराजुलीले जनाए ।

उक्त केन्द्र स्थापनाको लागि राष्ट्रिय खेलकुद परिषदबाट १० लाख रुपैया प्राप्त भएको छ भने त्यसै गरी विभिन्न दाताहरुबाट संकलन भएको रकमले उक्त कार्य सम्पन्न भएको उनले जनाए । उनका अनुसार पुर्व अन्तर्राष्ट्रिय भलिवल खेलाडी जयनारायण चौधरीबाट एक लाख २५ हजार, वुल्स मेन क्लवले १० हजार, पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका उपाध्यक्ष राजेन्द्र पहारीले ३० हजार मुल्य बराबरको वालुवा तथा केहि दिनको लागि डोजर दिएर सहयोग गरेका हुन । सहयोग गर्नु हुने महानुभाव प्रति धन्यवाद दिदै अन्य दाताकै सहयोगबाट उक्त योजना सफल हुने निमार्ण समितिका संयोजक रमेश हमालले बताए । नेपालकै नमुना भलिवल केन्द्र स्थापना गर्न लागेको अध्यक्ष पराजुलीको दाबी रहेको छ । कास्की जिल्ला भलिबल संघको अगुवाईमा आगामी एक बर्ष भित्रमा उक्त केन्द्र निमार्ण हुने भएको संघका अध्यक्ष पराजुलीले बताए ।

उक्त प्रशिक्षण केन्द्रको पुष २२ गते राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले शिलान्यास गर्दै उक्त योजना सफल पार्न ५० लाखमा आर्थिक सहयोग गर्ने वचन दिएका थिए । उनले स्थानीय रुतरबाट ५० लाख रुपैया संकलन गरेकोको खण्डमा रापेखले उतिकै रकम दिन बताएका थिए । १३ औं साग नेपालमा आयोजना हुने भए पछि पोखरामा पनि केहि खेलहरु आयोजना गर्ने तयारीका साथ विभिन्न खेलका भौतिक संरचना निमार्ण हुन थालेको राखेपका सदस्य फत्त बहादुर गुरुङले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button