क्रान्तिकारी माओवादीद्वारा कार्यकर्ता रिहाइको माग

  • पोखरा न्यूज
  • २०७३ जेष्ठ ३१
क्रान्तिकारी माओवादीद्वारा कार्यकर्ता रिहाइको माग

काठमाडौँ, ३१ जेठ –

मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ले आफ्ना नेता कार्यकर्तालाई झुठा मुद्दा लगाएर फसाएको भन्दै तत्काल रिहाइ गर्न माग गरेको छ ।

नेकपा (क्रान्तिकारी माओवादी), नेवा राज्य समितिले आज यहाँ पत्रकार सम्मेलन गरी नेवा राज्य समिति सदस्य टेकबहादुर बोगटी तथा तत्कालीन एकीकृत नेकपा (माओवादी) का सदस्य मानबहादुर विष्ट र कार्यकर्ता दीलबहादुर खत्रीलाई काठमाडौँ जिल्ला अदालतद्वारा छ वर्षको जेल सजाय सुनाएर अन्याय गरेको भन्दै रिहाइको माग गरेको हो ।

आर्थिक लेनदेनमा विवाद भएपछि सुरु भएको घटनामा अपहरणको झुठा मुद्दा लगाई फसाइएको पत्रकार सम्मेलनमा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । रासस



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस