पशुको गणना गरिने

काठमाडौँ, १ असार –

पशुपक्षी विकास मन्त्रालयले अगामी आवको साउनदेखि देशभरका घरपालुवा पशुको गणना गर्ने भएको छ ।

मन्त्रालयका अनुसार गाई, गोरु, भैंसी, राँगा, भेडाबाख्राको तथ्याङ्क सङ्कलन गरी तिनको अभिलेख मन्त्रालयमा राखिने छ । जिल्ला पशु कार्यालयले एक वर्षभित्र सम्बन्धित जिल्लाको गणना गरी तथ्याङ्क सङ्कलन गरेर केन्द्रमा पठाउनुपर्ने छ ।

मन्त्रालयका सचिव डा कृष्णचन्द्र पौडेलले नयाँ मन्त्रालय स्थापना भएपछि पशु विकासका लागि नीतिगत कार्यक्रम तयार गर्न गणना कार्यलाई अघि बढाइएको बताउनुभयो । पशु बिमालाई सशक्त रुपमा अगाडि बढाउन पशुको अभिलेख राख्न जरुरी भएको उहाँको भनाइ छ । मासु उत्पादनका लागि व्यावसायिक रुपमा विभिन्न उन्नत जातका खसी बोका तथा राँगापालन गर्न थालिएको छ ।

पशु पालनबाट मनग्य आयआर्जन गर्न सकिने भएकाले पछिल्लो समय व्यावसायिक रुपमा पशुपालन गर्ने प्रतिस्पर्धा बढेको छ । मुलुक अहिले कुखुरामा आत्मनिर्भर बन्दै गएको भए पनि खसीबोका तथा राँगालगायतको आयातमा वार्षिक करिब रु १८ अर्ब खर्च हुने गरेको व्यवसायी बताउँछन् ।

पशुको विकासका लागि पशुसेवा विभाग, पशु स्वास्थ्य महाशाखा, केन्द्रीय पशु तालिम महाशाखा, पशु उत्पादन निर्देशनालय जस्ता कार्यालय स्थापना भएका छन् । नेपालको भैगोलिक क्षेत्र, वस्तुगत राष्ट्रिय मापदण्ड तथा गुणस्तरको आधारमा बोका, भेडाबाख्रा तथा राँगाको मासु, गाईभैसीको दूध, भेडाबाख्राको ऊन तथा मासुको मागअनुसार उत्पादन वृद्धि गर्न विभिन्न कार्यक्रम सञ्चालनमा रहेका बताइएको छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button