एसएलसी परीक्षाको नतिजा यसरी हेर्नुहोस

पोखरा, २ असार-

परीक्षा नियन्त्रण कार्यालयले यस वर्षदेखि पहिलो पटक एसएलसी परीक्षाको नतिजा ग्रेडिङ प्रणालीमा सार्वजनिक गर्न लागेको छ । ग्रेडिङ प्रणालीमा कुल चार ग्रेड प्वाईन्ट एभरेज (जिपिए) मध्ये विद्यार्थीको प्राप्ताङक अनुसार नौ तहमा वर्गीकरण गरेर नतिजा प्रकाशन हुदैछ ।  गत चैत १८ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको एसएलसी परीक्षा अघिल्लो वर्षको तुलनामा १३ दिन ढिलो गरी परीक्षा सञ्चालन गरिएको भए पनि नतिजा भने छिटो सार्वजनिक हुन लागेको हो । नतिजा आज बिहिबार २ बजे सम्ममा प्रकाशित हुने पनिकाले जनाएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

एसएलसी परीक्षाको नतिजा वेबसाइट www.moe.gov.np, www.doe.gov.np, www.soce.gov.np, www.slcresult.soce.gov.np, www.slc.ntc.net.np बाट हेर्न सकिनेछ भने नेपाल टेलिकमको PQm\N, CDMA, Postpaid, prepaid मार्फत १६०० नं डायल गरी प्राप्त सन्देशअनुसार नतिजा प्राप्त गर्न सकिने छ । त्यसैगरी  मोबाइलमा SMS बाट नजिता थाहा पाउन PQm\N, CDMA, Postpaid, prepaid मोबाइलको मेसेज बक्समा गएर  slc ˂space˃ सिम्बोल नं र अल्फाबेट टाइप गरी १६०० एसएमएस पठाउन सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button