पोखरान्युज, २ असार –
अनधिकृत रुपमा प्राकृतिक स्रोत दोहन गर्न खोज्ने केही व्यक्ति र उनीहरुका गाडीलाई इलाका प्रहरी कार्यालय अनारमनीले आज नियन्त्रणमा लिएको छ ।
नेपाल सरकारले असार १ गतेदेखि भदौ महिनासम्म नदीजन्य पदार्थलाई खोलानालाबाट दोहन गरी ओसारपसार र बिक्री गर्न रोक लगाएको हो । यो निर्देशनलाई अटेर गरी झापाको विरिङ खोलाबाट अन्धाधुन्द टिपर र ट्र्याक्टर छिराएर नदीजन्य पदार्थ निकाल्न खोज्नेहरु पक्राउमा परेका हुन् ।
नियन्त्रणमा लिइएका सवारीसाधनमा १५ वटा ट्र्याक्टर, छ वटा टिपर र एक जेसीवी छन् । जिल्ला विकास समिति झापाले नियम विपरीत प्राकृतिक स्रोत दोहन गर्ने ट्र्याक्टरलाई रु छ हजार, टिपरलाई रु १५ हजार र जेसीवीलाई रु २५ हजार जरिवाना तोकेको छ । रासस
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution