सम्बन्धविच्छेदका मुद्दा बढे

पोखरान्युज, २ असार –

इलाममा पछिल्लो समयको तुलनामा सम्बन्धविच्छेदका घटना बढ्न थालेका छन् । वैदेशिक रोजगारी, अन्तर्जातीय विवाहलगायतका कारण श्रीमान् र श्रीमतीबीच सम्बन्धविच्छेद बढ्दै गइरहेको हो ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

जिल्ला अदालत इलाममा चालु आवको ११ महिनामा एक सय ३० वटा सम्बन्धविच्छेदका मुद्दा दर्ता भएकामा सोही अवधिमा ६७ वटा मुद्दा फैसला भएका छन् ।

गत आव ०७१-७२ मा एक सय ४७ वटा सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका थिए । यस्तै आव ०६९-७० मा सम्बन्धविच्छेदका ८५ वटा र आव ०६८-६९ मा ६३ वटा सम्बन्धविच्छेदका मुद्दा दर्ता भएको अदालतका स्रेस्तेदार जगदीश्वर भट्टराईले बताउनुभयो । सम्बन्धविच्छेद गर्ने अधिकांशले सम्पत्तिको दाबी पनि रकममै गर्न थालेको र थोरै महिलाले मात्र अंश दाबी गरेर मुद्दाको छिनोफानो हुने गरेको पाइएको छ ।

मुलुकी ऐन १०औँ संशोधन–०५९ ले महिलालाई श्रीमान्सरह मूल अंशियारको व्यवस्था गरेपछि सम्बन्धविच्छेद गर्ने महिलाले अंश दाबी गर्दै आएका हुन् । सम्बन्धविच्छेद गर्नेहरूको अवस्था अध्ययन गर्दा घरेलु हिंसाबाट पीडित महिला सम्बन्धविच्छेदका लागि धेरै आउने गरेका छन् ।

सम्बन्धविच्छेदपछि केही महिला बच्चासहित माइतीमै बस्ने गरेको पाइन्छ भने केही विदेशसमेत जाने गरेको पाइएको छ । प्रायःजसो बच्चा भएका महिलाले अंश दाबी गर्ने र बच्चा नभएका महिलाले रकम नै लैजाने गरेको पाइएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button