विज्ञान तथा कला प्रदर्शनी सुरु

पोखरान्युजडटकम, २ असार –

वन्य जन्तु संरक्षण गर्ने उद्देश्यले आयोजना गरिएको पाँचौँ बृहत् विज्ञान तथा कला प्रदर्शनी आजदेखि सुरु भएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

बबरमहलस्थित नेपाल कला परिषद्मा शनिबारसम्म सञ्चालन हुने प्रदर्शनीमा ब्याट्रीबाट चल्ने डाइनोसर, बाघ, गोही र रेडपाण्डालगायतका जनावरका तस्बिर राखिएको छ ।

art exhibition 2

कैलाली जिल्लाको टीकापुर नगरपालिकामा स्थापना गर्न लागिएको ‘टीका साइन्स एन्ड आर्ट म्युजियम’ को प्रवद्र्धन गर्ने र विश्वबाट लोप हुने अवस्थामा रहेका जनावरको कृत्रिम आवाज निकाल्नेबारे विज्ञानका विद्यार्थीलाई जानकारी दिने उद्देश्यले पनि प्रदर्शनीको आयोजना गरिएको चित्रकार सुमन पौडेलले जानकारी दिनुभयो ।

प्रदर्शनीको सांसद गरिमा शाहले उद्घाटन गर्नुभयो । प्रदर्शनमा विभिन्न राजनीतिक दलका नेता, समाजसेवी र सर्वसाधारणको सहभागिता रहेको थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button