एसएलसीको नतिजा सार्बजनिक – यसरी हेर्नुहोस

  • पोखरा न्यूज
  • २०७३ अषाढ २
एसएलसीको नतिजा सार्बजनिक – यसरी हेर्नुहोस

पोखरान्युजडटकम, २ असार –

परीक्षा नियन्त्रण कार्यालयले यस वर्षदेखि पहिलो पटक एसएलसी परीक्षाको नतिजा ग्रेडिङ प्रणालीमा  बिहीबार प्रकाशित गरेको छ । पनिका द्वारा आज प्रकाशित नतिजा अनुसार एसएलसी परिक्षामा सामेल भएका ५ लाख ८८ हजार १ सय ५२ जना मध्ये ३.६ देखि ४ ग्रेड प्वाइन्ट एभरेज (जीपीए) ल्याई १६ हजार ४ सय ५४ जना उर्तिण भएका छन् । यस्तै, ३.२ देखि ३.६ जीपीएमा ४१ हजार ५ सय ७७ जना उर्तिण भएका छन् ।

२.८ भन्दा माथी देखि ३.२ जीपीएमा ४८ हजार ६ सय ११ जना, २.४ भन्दा माथी देखि २.८ जीपीएमा ६३ हजार १ सय ८१ जना, २ भन्दा माथी देखि २.४ जीपीएमा ९४ हजार ७ सय १६ र १.६ भन्दा माथी देखी २.४ जीपीएमा १ लाख ४ हजार २ सय ७८ जना पास भएका छन् ।

गत चैत १८ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको एसएलसी परीक्षा अघिल्लो वर्षको तुलनामा १३ दिन ढिलो गरी परीक्षा सञ्चालन गरिएको भए पनि नतिजा भने छिटो सार्वजनिक भएको छ । एसएलसी परिक्षामा सामेल भएका मध्ये ३ सय ८३ जनाको परिक्षा रद्ध गरिएको छ भने ३ सय ८० जनाको एक विषयको परिक्षा रद्ध गरिएको छ ।

Capture

एसएलसी परीक्षाको नतिजा वेबसाइट www.moe.gov.np, www.doe.gov.np, www.soce.gov.np, www.slcresult.soce.gov.np, www.slc.ntc.net.np बाट हेर्न सकिनेछ भने नेपाल टेलिकमको PQm\N, CDMA, Postpaid, prepaid मार्फत १६०० नं डायल गरी प्राप्त सन्देशअनुसार नतिजा प्राप्त गर्न सकिने छ । त्यसैगरी  मोबाइलमा SMS बाट नजिता थाहा पाउन PQm\N, CDMA, Postpaid, prepaid मोबाइलको मेसेज बक्समा गएर  slc ˂space˃ सिम्बोल नं र अल्फाबेट टाइप गरी १६०० एसएमएस पठाउन सकिनेछ ।

परीक्षा नियन्त्रण कार्यालयले मौका परीक्षाको पनि व्यवस्था गरेको छ । ‘लेटर ग्रेडिङ’ प्रणालीमा नतिजा प्रकाशन हुने र कोही पनि विद्यार्थी अनुत्तीर्ण नहुने भनिए पनि ‘डी’ र ‘इ’ गे्रड ल्याउने विद्यार्थीका लागि साउनमा मौका परीक्षा सञ्चालन गरिने भएको छ । मौका परीक्षा दिनैपर्ने अनिवार्य व्यवस्था भने नगरिएको र स्वेच्छिक रुपमा मौका परीक्षा दिन चाहनेले परीक्षा दिन सक्ने छ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस