पोखरान्युजडटकम, २ असार –
सुनसरीको सीमावर्ती क्षेत्रमा साँझ ७ बजेपछि मदिरा बिक्री वितरणमा रोक लगाइएको छ । नेपाल र भारतबीचको सीमा क्षेत्रमा हुन सक्ने सम्भावित घटना, दुर्घटना र चोरीसमेत मदिरा सेवनकै कारण भइरहेको गुनासो बढेपछि मदिरा बिक्री वितरणमा रोक लगाइएको हो ।
सीमा क्षेत्रमा नसालु पदार्थको सेवन र उपभोगले झैझगडा बढ्नुका साथै चोरीको त्राससमेत बढेकाले सुनसरीको साहेबगन्ज र कप्तानगन्ज नाकामा साँझ ७ बजेपछि मदिरा बिक्री वितरणमा रोक लगाइएको सुरक्षा अधिकारीहरुले बताएका छन् । स्थानीय शान्ति समिति समन्वय सञ्जालको आग्रह र स्थानीयवासीको सहयोगमा सशस्त्र सीमा सुरक्षा बलले प्रत्येक दिन साँझ ७ बजेपछि मदिरा बिक्री वितरण गर्न नपाइने निर्णय गरेको सञ्जालका अध्यक्ष महेन्द्र मेहताले जानकारी दिनुभयो ।
खुल्ला सीमाका कारण भारतीय र केही नेपाली चोरले मदिरा सेवन गर्ने बहानामा सीमा क्षेत्रमा पस्ने र राति अबेर भएपछि चोरीको गतिविधि गर्ने गरेको बताइन्छ । रासस
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution