पर्यटक बस पल्टिँदा १७ घाइते

 

पोखरान्युजडटकम, २ असार –

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

काठमाडौँबाट पोखरातर्फ भ्रमणमा जान आउँदै गरेको एक पर्यटक बस आज दिउँसो दारेचोक गाउँ विकास समिति वडा नं ३ नाग्दी खोलास्थित पृथ्वी राजमार्गबाट तल खस्दा बसमा सवार १७ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

प्रहरीका अनुसार बा१प ८०५ नंको पर्यटक बस काठमाडौँको एक कलेजका विद्यार्थी लिएर पोखरा जान आउँदै गर्दा दुर्घटनामा परेको हो । घाइतेहरुको उपचारका लागि भरतपुरका अस्पतालहरुमा ल्याइएको छ । बस भित्तापट्टि खसेकाले ५० मिटर तल मात्र पुगी ठूलो क्षति हुनबाट भने जोगिएको प्रहरीले जनाएको छ । अर्कोपट्टि त्रिशूली नदी रहेको छ ।

बस दिउँसो २ बजेको समयमा दुर्घटना भएको हो । गम्भीर घाइतेमध्ये एक बस चालक हुन् । कलेजको नाम भने खुलिसकेको छैन । बसमा १७ जना मात्रै सवार थिए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button