संरक्षित वन्यजन्तु बाह्रसिङ्गालाई स्थानान्तरण

  • पोखरा न्यूज
  • २०७३ अषाढ २
संरक्षित वन्यजन्तु बाह्रसिङ्गालाई स्थानान्तरण

पोखरान्युजडटकम, २ असार –

 राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले संरक्षित वन्यजन्तु बाह्रसिङ्गालाई स्थानान्तरण गरेको छ ।

सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको कञ्चनपुर जिल्लाको नेपाल र भारत सिमानाको दक्षिण कुनामा अवस्थित रहेको शुक्लाफाँटा वन्यजन्तु आरक्षबाट यही जेठ १७ देखि २३ गतेसम्म बर्दिया राष्ट्रिय निकुञ्जमा स्थानान्तरण गरिएको हो ।

नेपालको शुक्लाफाँटा वन्यजन्तु आरक्ष क्षेत्रमा मात्र पाइने उक्त वन्यजन्तुमध्ये पाँच वटालाई बर्दिया राष्ट्रिय निकुञ्जको बगौराफाँटामा स्थानान्तरण गरिएको विभागका सूचना अधिकारी नारायण रुपाखेतीले राससलाई जानकारी दिनुभयो ।

उहाँले शुक्लाफाँट र वर्दिया राष्ट्रिय निकुञ्जको हावापानी उस्तै भएको कारण एक स्थानबाट अर्को स्थानमा बाह्रसिँगाको स्थानान्तरण गरिएको उल्लेख गर्नुभयो । पछिल्लो तथ्याङ्कअनुसार शु्क्लाफाँट वन्यजन्तु आरक्षमा दुई हजार १७० को बाह्रसिँगा रहेको विभागले जनाएको छ । रासस



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस